काठमाडौ असार १८ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको हो ।
आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन । बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार आज पनि सहमतिको प्रयास हुने छ । आज सहमति जुट्ने सम्भावना भएकाले बिहान ११ बजे बैठकको समय निर्धारण गरिएको हो ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्षले प्रतिपक्षी दलसँग आज सहमति गरी विवाद टुंग्याउने सम्भावना रहेको भन्दै सहमति जुटेमा आज बैठक नियमित रुपमा सञ्चालन हुने बताए ।








प्रतिक्रिया दिनुहोस्