ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा नयाँ संयुक्त सरकार गठनका लागि ५ दिनभित्र दावी पेश गर्न आह्वान


एबीसी न्यूज

 

विराटनगर १७ असार । कोशी प्रदेशमा पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुने भएको छ।
आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पाँच दिनको म्याद दिई नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्ताको राय लिएर दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार उक्त आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयको सूचना अनुसार असार २१ गते ५ बजेसम्ममा दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन्।
विश्वासको मत पाउन नसकेर सत्ता नेतृत्व गुमाएको एमालेले भने उपधारा २ अनुसारको सरकार आफ्नो भएको र अब उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउन आह्वान हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई माग गरेको थियो।
तर, कानुनी परामर्श र महान्यायाधिवक्ता समेतको रायमा उपधारा २ अनुसारको सरकार बनाउन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेका घटकहरू नयाँ सरकार बनाउन जुटेका छन्। यसका लागि शीर्ष नेताहरूसँग छलफलका लागि नेताहरू काठमाडौं पुगेका छन्।
कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा दुई दिनदेखि काठमाडौंमा छन् भने माओवादी केन्द्रका दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राई पनि आइतबार नै काठमाडौं पुगेका छन्।

प्रदेश प्रमुखले सरकार गठनको आह्वानको तयारीका लागि ‘कानुनी परामर्श’ गरिरहँदा नेताहरू मुख्यमन्त्री बन्ने आकांक्षासहित काठमाडौं पुगेका हुन्। तीनमध्ये पूर्वमुख्यमन्त्री राईले भने यसपटक आफ्नो दाबी नरहेको बताउँदै आएका छन्।
उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेतालाई भेटेर सरकार गठनबारे छलफल गर्नेछन्।
माओवादी नेता आङ्बोले कांग्रेस, माओवादी केन्द्रलगायत केन्द्रीय सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र मध्यावधिमा नजाने जानकारी दिए। सरकार गठनबारे राप्रपासँग पनि कुरा भइरहेको उनले जानकारी दिए।
‘देशलाई संकटमा जान नदिने, मध्यावधि चुनावमा जान हुँदैन भन्नेमा उहाँहरू पनि सहमत हुनुहुन्छ तर ठोस निष्कर्ष केही निस्किएको छैन,’ उनले भने, ‘अहिले हामी प्रदेश सरकार कसरी बनाउने भन्नेबारे छलफल गर्न काठमाडौंमा छौं। गठबन्धनबाट बहुमतको सरकार बन्छ भन्ने नै छ।’
उनले कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने समझदारी भएको पनि दाबी गरे। गठबन्धन घटक दलले सहमति जनाइसके पनि शीर्ष तहबाटै निर्णय गराउन काठमाडौं पुगेको उनले बताए।
‘हाम्रो प्रदेशको मुख्यमन्त्री माओवादीलाई नै दिने मोटामोटी समझदारी भएको छ। प्रदेश प्रमुखबाट आह्वान भएपछि काठमाडौंमा शीर्ष नेताहरूसँग पनि कुराकानी गरेर सहमतिमा पुग्छौं,’ आङ्बोले भने।
९३ सदस्यीय प्रदेश सभामा एक मत नपुगेर एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेको थियो। कार्कीले ४६ मत पाएका थिए भने विपक्षमा ४३ मत आएको थियो। सरकार गठन गर्न ४७ मत आवश्यक हुन्छ।
प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित) राप्रपाका ६, एकीकृत समावादीका ४ र जसपा १ सांसद छन्। गठबन्धनमा राप्रपा पनि थपिनेमा घटक दलहरू विश्वस्त छन्।
राप्रपा सामेल नभए पनि बहुमत पुर्या‍उने दाबी उनीहरूको छ। गठबन्धनको पक्षमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, समाजवादीका ४ र जसपाका १ सांसद गरी ४७ जना छन्। सभामुखसहित ४७ भएकाले गठबन्धनले बहुमत जुटाउन नसक्ने र सरकार नबन्ने दाबी एमालेको छ।
तर, नेकपा ९एकीकृत समाजवादी०का संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको पक्षमा बहुमत जुट्ने दाबी गरे। ‘राष्ट्रिय प्रजातन्त्र पार्टी सँग पनि कुराकानी भइरहेको छ। निष्कर्षमा पुगेको छैनौं। गठबन्धनकै सरकार बनाउने दिशामा अघि बढेका छौं। मध्यावधिमा जानु पर्दैन,’ उनले भने।
उनले सभामुखलाई भोट हाल्न लगाएर भए पनि बहुमत पुर्‍याउने जिकिर गरे।
‘सभामुख पनि सांसद हो, त्यो हैसियतले उहाँले भोट हाल्न पाउनुपर्छ भन्ने नै हाम्रो मान्यता हो,’ उनले भने, ‘सभामुखलाई भोट हाल्न लगाउनुपर्छ, मुद्दा परे अदालतले व्याख्या गर्छ।’
कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले पनि गठबन्धनको पक्षमा बहुमत जुट्ने दाबी गरे। को मुख्यन्त्री बन्ने भनेर निर्क्यौल भइनसकेको उनको भनाइ थियो।
‘को मुख्यमन्त्री बन्ने भन्ने शीर्ष नेताहरू बैठक बसेर टुंगोमा पुग्छौं,’ उनले भने।
सरकार गठनमा गठबन्धनले साथ खोजिरहँदा राप्रपा भने आफूहरूसँग कसैले छलफल नगरेको बताउँछ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म गठबन्धनले कोशीमा सरकार गठनमा छलफल नगरेको बताए।
‘प्रदेश हाम्रो प्राथमिकताको विषय पनि होइन, कसैसँग छलफल पनि भएको छैन। कोही छलफल गर्न आएका पनि छैनन्। परिस्थिति के हुन्छ त्यहीअनुसार निर्णय लिन्छौं,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

दुई सचिवको जिम्मेवारी साटफेर

यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ – स्वर्णिम वाग्ले

भिजिट भिसा प्रकरण: यी हुन् छानबिन समितिका ९ कार्यादेश

सरकारले बनाएको छानबिन समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा – शाही

इरानले कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल हानेपछि ६० भारतीय उडान रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com