ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनबाट मुख्यमन्त्रीको टुंगो लगाउने एमालेको तयारी


admin
माघ २०, २०७४ शनिबार  ४ : ५७ बजे

काठमाडौं, २० माघ । नेकपा एमालेले मुख्यमन्त्री छनौटको विषय निर्वाचनबाट टुंगो लगाउने तयारी गरेको छ।

सहमतिको प्रयास स्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको अनौपचारिक छलफलमा मुख्यमन्त्रीका आकांक्षीहरुले आफ्नो अडान नछाडेपछि त्यसको निर्णय प्रदेशसभाको संसदीय दलको बैठकबाट लाग्ने देखिएको हो।

एमालेको स्थायी कमिटी बैठकमा सहमति जुट्न नसकेपछि प्रदेशसभाको संसदीय दलका नेता मतदानबाट चयन गर्ने निर्णय गरेको थियो।

एमाले सचिव समेत रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले माघ २४ गतेपछि बस्ने विभिन्न प्रदेशको संसदीय दलको बैठकले सहमतिको प्रयास गर्ने बताए।

प्रादेशिक सरकार गठनमा केन्द्रले निर्णय नगर्ने भएपछि एमालेभित्र प्रादेशिक सरकारको नेतृत्वको विषयमा धेरै आकांक्षी देखिएका छन्।

निर्वाचनमा जाँदा पार्टीभित्र दुई पक्षको ध्रुवीकरण बढ्नसक्ने भन्दै पार्टी अध्यक्ष ओलीले मु्ख्यमन्त्रीका आकांक्षीहरुलाई अनौपचारिक रुपमा भेटेर सहमति जुटाउने प्रयास गरेका थिए।

वाम गठबन्धनको सहमति अनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा प्रादेशिक सरकारको नेतृत्व गर्नेछ। प्रदेश नम्बर ५ को मुख्यमन्त्री पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेल बन्ने पक्का छ। प्रदेश ५ को संसदीय दलको बैठकले पोखरेललाई दलको नेतामा समेत चयन गरिसकेको छ। तर, अन्य प्रदेशको नेतृत्वबारे एमालेभित्र विवाद छ।

प्रदेश १ को मुख्यमन्त्रीमा प्रदेश इन्चार्ज र केन्द्रीय सचिव भीम आचार्य र पूर्वमन्त्री शेरधन राईबीच तीव्र प्रतिस्पर्धा छ। दुवैले मुख्यमन्त्रीको दाबेदारी नछाडेपछि निर्वाचनबाटै त्यसको टुंगो लाग्ने देखिएको छ।

‘त्यस्तै, प्रदेश ३ को मुख्यमन्त्रीमा समेत धेरै आकांक्षी देखिएपछि निर्वाचनबाटै दलको नेता चयन हुने देखिएको छ। यो प्रदेशको दलको नेता बन्न राजेन्द्र पाण्डे, केशव स्थापित र अष्टलक्ष्मी शाक्य लगायत नेताहरुले दाबेदारी प्रस्तुत गरिरहेका छन्।

प्रदेश नम्बर ४ मा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङबीच प्रतिस्पर्धा छ। दुवैले सहमतिको प्रयासलाई अस्वीकार गर्दै निर्वाचनबाटै दलको नेता बन्ने तयारी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com