ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेलायत पलायन


एबीसी न्यूज
असार १७, २०८० आईतबार  १२ : ३४ बजे

धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल । सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो ।

आफूलाई स्वयं निर्मित व्यक्तित्वका रूपमा चिनाउन रुचाउने भरत ‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको सुनाउँथे ।तर उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलेको छ । अनि बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।

ब्याजको लोभमा सहकारीमा पैसा

महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी सुरु गरेका थिए । तर २०६२/६३ को आन्दोलनपछि सहकारी फस्टाउन थाले । किनकि सरकारले नै सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाको मान्यता दियो र सरकारले दिने अनुदानहरूलाई सहकारी मार्फत दिन थाल्यो ।

राजनीतिज्ञहरूसँग निकट भएर भरत महर्जनले पनि त्यसको लाभ लिएत्यसका अतिरिक्त साँझ ५ बजेसम्म कार्यालय खुला राख्नेदेखि अनेक स्मिक देखाएर सार्वसाधारणलाई लोभ्याए । सहकारीमा रकम जम्मा गर्न लगाए । जब सहकारीको पूँजी बढ्यो, उनले त्यसलाई मनपरी ढंगले चलाउन थाले ।महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरे ।

२०६९ मा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोले । सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्म खोले । काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरे ।एउटा समय यस्तो थियो, उनलाई कुनै जग्गा मन परेपछि जुनसुकै मूल्यमा किन्थे । नजिकबाट चिन्नेहरू भन्छन्, ‘महाभारतको पाण्डुलिपि जति मोटो छ, भरत महर्जनले जग्गाको लालपुर्जा त्योभन्दा कम छैन ।३ करोडभन्दा बढी मूल्यको गाडी चढ्थे ।

परियोजना तथा कम्पनी उद्घाटन, शिलान्यास तथा सभाहरूमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतलाई बोलाउँथे । धन भएका व्यवसायीले बोलाएपछि नेताहरूले नाइँ भनेनन् । भेट दिए, बोलाएको ठाउँमा गएर रिवन काटे  सातदोबाटोस्थित सुमेरु ग्रुपको कार्यालयको बैठक कक्ष हेर्दा यस्तो लाग्छ, भरत महर्जनसँग फोटो खिच्न बाँकी कोही पनि ठूला नेता बाँकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com