ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँगको भेट सकारात्मक भन्दै सीके राउत सरकारमा जान तयार


एबीसी न्यूज

 

काठमाडौं १७ असार । बजेटप्रति असन्तुष्ट जनतम पार्टी सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ।

सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने अन्तिम तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै व्यवस्थापन राम्रो भए सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन्।

जनमतले कृषि वा उद्योग मन्त्रालय पाए उत्कृष्ट काम गर्ने दाबी गरेको छ।

आइतबार बालुवाटार पुगेका सीकेलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका हुन्।

बजेटप्रति रुष्ट जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ।

यही कुरा जानकारी गराउन प्रधानमन्त्री निवास पुगेका राउतलाई प्रधानमन्त्रीले समर्थन फिर्ता लिएर होइन, सरकारमै सहभागी भएर अघि बढ्न आग्रह गरेका हुन्।

‘पीएम ले सरकारमै राख्ने कुरा गर्नुभयो,’ भेटवार्तापछि राउतले  भने, कसरी एडजस्ट गर्ने हो, गठबन्धनको बैठक राखेको छु, आजै केही समझदारी बनाउँछु भन्नुभयो।’

आजै अपराह्न ४ बजे गठबन्धनको बैठक राख्ने तय गरिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

राउतका अनुसार गठबन्धनका केही नेता नमानेकाले जनमतलाई सरकारमा सहभागी गराउने प्रयास सफल भएको छैन।

‘गठबन्धनका केही नेता मानेका छैनन्, त्यही भएर हो, नत्र प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ भन्ने पाएँ’, राउतले थपे।

जनमत सरकारमा सहभागी हुन पाए सरकारलाई दिएको समर्थन यथावत् राख्ने पक्षमा छ।

‘व्यवस्थापन राम्रो भयो भने सरकारमा सहभागी हुन ठीकै छ, काम गर्ने हो,’ राउतले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

उपस्थित हुन भन्दै दिलभूषण पाठकका नाममा साइबर ब्यूरोले जारी गर्‍यो सूचना

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब हिरासतमै रहने

धरानमा दिनभर तनाव : प्रमुख-उपप्रमुखबीच चर्काचर्की, समर्थक झडपमा

यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com