ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘वर्तमान सरकारले सुशासनलाई कडाइका साथ अगाडि बढाउन खोजेको छ’ – उपप्रधानमन्त्री श्रेष्ठ


एबीसी न्यूज

 

छेन्दु (चीन) असार १६ — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताएका छन् ।

जनवादी चीनको भ्रमणमा रहेका उनले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताए ।

“कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेकोछ”, उनले भने ।

कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे । “जो सुकै होस् यो प्रक्रिया कुनै पनि हालतमा रोकिँदैन”, उनले भने, “अहिले कुनै पार्टीसँग जोडिएका व्यक्ति परेका होलान्, कोही अर्को पार्टीसँग जोडिएका होलान्, अब आउँदा दिनमा अर्को कुनै पार्टीसँग जोडिएको हुन सक्छन्, हामीलाई त्यसको कुनै मतलब छैन, जो भए पनि कारबाही हुन्छ ।”

मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उहाँले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गरे । “अपराध कसले गरेको छ, त्यसलाई कानुनको दायरामा ल्याइ छाड्छौँ, देशमा सुशासन स्थापित गरी छाड्छौँ । यो हाम्रो सङ्कल्प हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “त्यसले विकास र प्रगतिका निम्ति नयाँ आधार तयार पार्छ । देशमा एउटा आशा पैदा हुन्छ ।”

सुशासन कायम गर्दै मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले विभिन्न कारणबाट विदेशीएका नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गरिने बताए । विकास र समृद्धिको लक्ष्य पूरा गर्नका निम्ति आफ्नै बलबुतामा काम गर्नुपर्नेमा जोड दिँदै उनले समृद्धिका विदेशी मित्रको सहयोगको अपेक्षा गरेको बताए । आफूले चीन भ्रमणका क्रममा भएका दिपक्षीय भेटवार्तामा नेपालको समृद्धिका बारेमा छलफल गरेको जानकारी दिँदै उनले भने, “हाम्रै बुद्धि, विवेक र श्रम पसिना लगाएर विकासको यात्रालाई अगाडि बढाउनुपर्नेमा हाम्रो मात्रै साधन स्रोतले विकासका कुरालाई तीव्र पारेर लक्ष्यमा पुग्न सम्भव छैन । त्यसैले वैदेशिक सहयोगका निम्ति पनि अनुरोध गरिरहेका छौँ ।”

राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तर पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको स्वीकार गर्दै उनले जनताको जीनवस्तर बदल्ने गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । “राजनीतिक परिवर्तन मात्रै दिएको होइन, हाम्रो पोल्टामा हामीले नै भोग्न पाउने गरी यति चिज दियो भनेर नेपाली जनताले अनुभूति गर्न पाउनुपर्यो”, उनले भने, “शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, सडक, खानेपानी, विद्युत्का आवश्यकताहरु पूरा गरेर राजनीतिक परिवर्तनले खाली राजनीतिक अधिकार मात्र दिएको हैन हाम्रो जीवनस्तर नै बदलियो भन्ने स्थानमा जनतालाई पुर्याउनुपर्छ ।”

वर्तमान सरकार मुख्य चार वटा कार्यभार पूरा गर्न लागि परेको उल्लेख गर्दै उनले सार्वभौमिकताको रक्षा, राष्ट्रिय सुरक्षालाई सुदृढ, परिवर्तनको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । “सामाजिक आर्थिक रुपान्तरणको कार्यभारलाई हर हालतमा पूरा गर्नुपर्नेछ । विकास र समृद्धि, त्यसलाई गुणात्मक फड्को पुर्याउने गरी सम्पूर्ण ध्यान विकास र समृद्धिमा केन्द्रित गर्नुछ । त्यो दिशामा सरकार लाग्छ”, उनले भने । सबै राजनीतिक पार्टीलाई आआफ्नो मतभिन्नता एक ठाउँमा राखेर राष्ट्रियता, राष्ट्रिय सुरक्षा र समृद्धिको मुद्दामा एकताबद्ध हुनुपर्छ भनेर सहमति र सहकार्यका निम्ति अपिल गरिरहेको उनले बताए ।

महावाणिज्यदूत दिनेशकुमार घिमिरेले महावाणिज्य दूतावासले लगानी, पर्यटन, व्यापार तथा निर्यात प्रवर्द्धन एवं कन्सुलर सेवालगायत नेपाल र नेपाली जनताको सर्वोत्तम हितका कार्य गर्दै आएको बताए । उनले महावाणिज्य दूतावासको कार्यक्षेत्र सिचुवान र कुइचो प्रान्त तथा छोङछिङ महानगरमा रहेको जानकारी दिए ।

 

  • RSS

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com