ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा विमानस्थलबाट छिटै अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
असार १६, २०८० शनिबार  ७ : ५६ बजे

 

काठमाडौं १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताएका छन्।

पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले आफू छिट्टै चीन भ्रमणमा जाने र त्यहाँका उच्च अधिकारीलाई पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ‘ब्रेक थ्रु’ नै हुने उनको भनाइ थियो।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानबारे भारतसँग पनि कुरा भएको र कोरला नाका सञ्चालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने जानकारी उनले दिए। भेटघाटमा नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेषखालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे।

बजारमा भारतीय रुपैयाँको विनिमय दर घटेको बताउँदै उनले यो समस्या लामो समय रहे मुद्रास्फिति अझ बढ्नसक्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दीगो सञ्चालनको लागि नेपालको पूर्वतिर भएका हवाइ रुट प्रयोगमा ल्याउनुपर्ने र श्रीलङ्का एवं भारतका विभिन्न सहरमा उडान थाल्नुपर्नेमा उनले जोड दिएका थिए।

प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान, उत्तरगङ्गा जलविद्युत् परियोजना निर्माण, प्रशारण लाइनको उचित व्यवस्थापनलगायतका माग गरे। मित्रराष्ट्र चीनको राजकीय भ्रमणको क्रममा एयरपोर्टको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उनले उद्योगी व्यवसायीको मनोबल उकास्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउने, कोरला–त्रिवेणी राजमार्ग निर्माणमा आएका अवरोध हटाउन र मध्यपहाडी राजमार्ग निर्माणलाई गति दिन पनि उनले माग गरे। हरेक प्रदेशमा सो क्षेत्रका मौलिक उत्पादनको प्रवर्द्धनको लागि कोसेली घर निर्माण हुनुपर्ने धारणा राख्दै उनले पोखरा उद्योग वाणिज्य संघले कोसेली घर निर्माणको सोच बनाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com