ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटको समर्थन नगर्ने जनमत पार्टीको निर्णय


एबीसी न्यूज
असार १३, २०८० बुधबार   २ : ००   बजे

 

काठमाडौं १३ असार । सत्तारूढ जनमत पार्टीको संसदीय दलको बैठकले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको समर्थन नगर्ने निर्णय गरेको छ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले गरीब र मधेशी जनताको हितमा नरहेका कारण बजेटलाई समर्थन नगर्ने निर्णय गरिएको बताए। “देशकै अर्थतन्त्र धराशायी भइराखेको वेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” उनले भने।
उनले जनमत पार्टीले मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन नगर्ने बताएका छन्। “जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन। यो संसद्को गरिमाका लागि पनि अपरिहार्य छ,” अध्यक्ष राउतले भने।

डेढ महीना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधन विना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास रहेकाले जनमत पार्टीले समर्थन नगर्ने निर्णय गरिएको जनमत पार्टीले जनाएको छ।
अध्यक्ष राउतले भने, “आफूले बोलेको कुरामा ५–६ जना थप सांसद मात्रै अडिग रहन हिम्मत गर्ने हो भने यो जनतामारा बजेट पारित हुने नै थिएन, तर बोल्ने वेलामा एउटा अनि लोभलालचमा त्यही जनतामारा बजेटलाई समर्थन गरिदिने परिपाटी र अडान नभएका नेता(सांसदले गर्दा नै यो देश श्रापित भएको छ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group