ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओबामाको टिप्पणीप्रति किन आक्रोशित छ भाजपा ?


ABC NEWS

एजेन्सी १२ असार । । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिलाई लिएर भारतको सत्तारूढ दल भारतीय जनता पार्टी आक्रोशित भएको छ । ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए ।

उक्त कुराकानीमा ओबामालाई अनुदार लोकतन्त्रवादीसँग राष्ट्रपति बाइडेनले गर्नुपर्ने व्यवहार र सम्बन्ध विस्तारमामा पुर्‍याउनुपर्ने ख्यालबारे प्रश्न सोधिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदमा सम्बोधन गर्नुअघि ओबामालाई चर्चित टेलिभिजन एंकर क्रिष्टिआन अमनपोरले प्रश्न गरेकी थिइन् । ‘यस्तो अवस्थामा भारतीयसँग राष्ट्रपति बाइडेनले कसरी व्यवहार गर्नुपर्छ वा कसरी सम्बन्ध अघि बढाउनुपर्छरु’ अमनपोरको प्रश्न थियो ।

अमनपोरको प्रश्नमा ओबामाले यो विषय निकै नै जटिल रहेको बताए । शासन प्रणालीमा मतभिन्नताकाबीच पनि कयौँ विषयका कारण सहकार्य गर्नुपर्ने बाध्यता आफू राष्ट्रपति हुँदा पनि व्यहोरेको उनको भनाइ थियो । अमेरिकी राष्ट्रपतिलाई निजी वा सार्वजनिक रूपमा समस्यामा पार्ने विषय वा अवस्थालाई बाइडेनले चुनौती दिन जायज हुने उनले बताए ।

‘राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा हिन्दु बाहुल्य रहेको राज्यमा मुस्लिम अल्पसंख्यकका रक्षाको विषय उल्लेख गर्नु निकै नै महत्वपूर्ण छ । यदि मैले प्रधानमन्त्रीसँग संवाद गरेको हुन्थे भने मेरो संवादको अंश यो हुने थियो कि भारतले अल्पसंख्यकको अधिकारको प्रत्याभूति नगरेमा कुनै विन्दुमा पुगेर भारतमा फेरि विभाजन देखिनेछ । तर मलाई थाहा छ यसो भन्नु भारतीय स्वार्थको विपरीत हुनेछ’ ओबामाले भने ।

ओबामाको यस्तो टिप्पणीबाट आफूहरू अचम्मित र आक्रोशित भएको भारतीय अर्थमन्त्री निर्मला सीथारमनले बताइन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको समयमा समग्र भारतबारे संवाद हुनुपर्नेमा पूर्व राष्ट्रपतिले मुस्लिम समुदायको बारेमा मात्रै टिप्पणी गर्नु निकै आश्चर्यको कुरा हो । हामी अमेरिकासँग राम्रो सम्बन्ध चाहन्छौँ । यसको मतलब यो होइन कि धार्मिक सहिष्णुताबारेको टिप्पणी हामी सहन्छौँ’, उनले भनेकी छिन् ।

ओबामा राष्ट्रपति हुँदा सिरिया र यमनमा मुस्लिमहरूलाई लक्षित गर्दै गोलाबारी गरेको सीथारमनले बताइन् । मुस्लिम अधिकारबारेको टिप्पणी अघि ओबामाले आफ्नो पृष्ठभूमि स्मरण गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै रक्षामन्त्री राजनाथ सिंहले भारतले कहिल्यै पनि धार्मिक आस्थाका कारण नागरिकलाई फरक व्यवहार नगरेको जिकिर गरे । ‘मानिसहरूले बुझ्न जरुरी छ कि भारत धर्मनिरपेक्ष राष्ट्र हो । भारतबारे टिप्पणी गर्नुअघि ओबामाले आफ्नै कार्यकालमा मुस्लिम राष्ट्रहरूमा गरेको आक्रमण स्मरण गर्नुपर्थ्यो’, सिंहले भनेका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा पनि मोदीलाई पत्रकारहरूले मुस्लिम अल्पसंख्यकप्रतिको व्यवहारबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा मोदीले भनेका थिए, ‘म नेतृत्वको सरकारमा विभेदको कुनै स्थान नै छैन ।’

मोदीको यसपटकको अमेरिका भ्रमणमा भारतीय लोकतन्त्रबारे कुनै बहस भएन । अमेरिकाले तीन प्रमुख स्वार्थका कारण भारतसँगको सम्बन्ध थप विस्तार गर्न चाहेको थियो । भ्रमणका क्रममा राष्ट्रपति कार्यालयले राष्ट्रपति जो बाइडेनले लोकतन्त्रको आधारभूत मान्यता र सिद्धान्तबारे कुनै सम्झौता नगर्ने बताएको थियो । तर भारतीय पक्षको चाहना अनुसार त्यहाँको लोकतन्त्रको अवस्थाबारे कुनै बहस नगर्ने राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका थिए । ‘लोकतन्त्रको निकै लामो इतिहास भएको मुलुकलाई यसको आधारभूत सिद्धान्तबारे पाठ पढाउने पक्षमा ह्वाइटहाउस छैन’, उनले भनेका थिए ।

बाइडेन र मोदी दुबैले अमेरिका र भारतको सम्बन्ध पहिलेभन्दा निकै बलियो भएको बताएका छन् । मोदीको अमेरिका भ्रमणमा उनले व्यापारिक समुदायको न्यानो आतिथ्य पाएका थिए भने उनका विरुद्ध प्रदर्शन पनि भएको थियो ।

मोदीको भ्रमणको समयमा ७५ जना डेमोक्र्याटहरूले बाइडेनलाई पत्र लेख्दै भारतको मानवअधिकारबारे मोदीलाई प्रश्न गर्न ध्यानाकर्षण गराएका थिए । आफूहरूले राखेको सवालबारे बाइडेनले बेवास्ता गरेपछि डेमोक्र्याटका केही सांसदले मोदीको सम्बोधन बहिष्कार समेत गरेका थिए ।

ओबामाको अर्न्तवार्ताको अंशले भाजपा यति आक्रोशित छ कि बाराक ओबामाको नामको बीचमा हुसेन भएको र यो मुस्लिमसँग मिल्दोजुल्दो रहेकाले उनले यस्तो टिप्पणी गरेको भन्दै तर्क समेत गरे । असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले भनेका छन्, ‘भारतमा धेरै हुसेन छन् जसलाई तह लगाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com