ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ वर्षपछि एप्पलले बदल्दैछ आइफोनको डिजाइन


abc tv

काठमाडौं । एप्पलको बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी छ। प्रतिक्षाको घडी नजिक आउँदै गर्दा नयाँ आइफोन सिरिजका विषयमा विभिन्न खालका समाचार तथा खुलासाहरु सार्वजनिक भैहरेका छन्। जस अनुसार एप्पलको आफ्नो नयाँ आइफोन १५ सिरिजमा पहिलोपटक आइफोनका डिजाइन तथा हार्डवेयरमा महत्वपूर्ण परिवर्तन गर्न लागेको दाबी गरिएको छ।

आइफोन १५ प्रो म्याक्समा एप्पलले आइफोनमा रहँदै आएको म्यूट बटनलाई हटाएर एक नयाँ बटन राख्ने र त्यो फाइभ जी फोनका लागि नयाँ हुने बताइएको छ।

केहीदिन अघि मात्रै एप्पलको आसन्न आइफोन १५ को दाबी गरिएको आइफोनको बाहिरी खोलको तस्वीर सार्वजनिक भएको थियो।

त्यसबाटै नयाँ आइफोनमा म्यूट बटन हटाउन लागिएको अनुमान गरिएको हो। माजिन बू नामक टिप्स्टरले उक्त तस्वीर शेयर गर्दै त्यस्तो दाबी गरेका थिए।

यदि सोही बमोजिम भएमा एप्पलको आइफोन १५ सिरिज अन्तरगतको प्रो म्याक्समा म्यूट स्विच बटनको स्थिति परिवर्तन हुनेछ, जुन करीब १६वर्षमा पहिलोपटक हुन लागेको हो।

उक्त खोलको तस्वीर हेर्दा म्यूट बटनलाई प्रतिस्थापन गर्ने नयाँ बटन धेरै वृत्ताकार हुने देखिन्छ। एक दाबी अनुसार नयाँ आइफोनमा क्यामरालाई नियन्त्रण गर्ने तथा फोनलाई स्विचअफ गर्ने जस्ता दुबै काम गर्नसक्ने एउटै बटन हुनेछ।

सार्वजनिक भएको समाचार अनुसार आइफोन १५ प्रो म्याक्सको पछाडिको क्यामराको भागमा एउटा ठूलो आकारको उठेको भाग हुनेछ।

यसको अर्थ आइफोन १५ प्रो म्याक्समा ठूलो आकारको क्यामरा हुने अनुमान गर्न सकिन्छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहने बताइएको छ।

आइफोन १५ सिरिजको स्क्रिनको आकार आइफोन १४ सिरिजमा जत्रै हुने बताइएको छ। तर डिस्प्लेको भेजलको आकार घट्ने र त्यसबाट स्क्रिनको लुक्स सुन्दर देखिनुका साथै प्रयोगकर्ताले बढि स्क्रिन स्पेस प्राप्त गर्नेछन्।

आइफोन १५ सिरिजको अर्को महत्वपूर्ण परिवर्तन भनेको यसको चार्जिङ पोर्ट हो। एप्पलले आफ्नो स्वामित्वको लाइटनिंग पोर्टलाई अन्त्य गरी टाइप सी पोर्ट राख्नेछ। अर्थात् आइफोन १५ सिरिज नै टाइप सी पोर्ट भएको पहिलो आइफोन बन्नेछ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

बेचिएका नेपालीको आँशुले पोलेन, सरकारलाई प्रश्नबाट भाग्यो – गौतम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com