ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने न्यायाधीश भट्टराईले दिए राजीनामा


abc tv
असार ११, २०८० सोमबार  २ : ५० बजे

काठमाडौँ । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक संकट परेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालत श्रोतका अनुसार न्यायाधीश भट्टराईले सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । भट्टराईले प्रधानन्यायाधीश पदका लागि हरिकृष्ण कार्की योग्य नभएको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए । तर सुनुवाइ समितिले उनको उजुरीलाई ‘उजुरीका लागि उजुरी’ भन्दै छलफल गर्नै उचित ठानेन । आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश बनेको कारण उनी मातहत बसेर काम गर्न नैतिक संकट पर्ने भन्दै भट्टराईले राजीनामा बुझाएका हुन् ।

न्यायाधीश भट्टराईले सोमबारबाटै लागू हुने गरी राजीनामा बुझाएका हुन् । यसअघि असार १० गतेसम्म न्यायाधीश भट्टराई बिदामा बसेका थिए ।

भट्टराईको राजीनामा प्रधानन्यायाधीश कार्कीले आवश्यक कार्यार्थका लागि लेखी पठाएका छन् ।

यसअघि न्यायाधीश भट्टराईविरुद्ध न्याय परिषद्मा पनि उजुरी परेको थियो । कास्की जिल्ला अदालत र काठमाडौँ जिल्ला अदालतमा रहँदा फैसलामा कैफियत गरेको भन्दै उनीविरुद्ध परिषद्मा उजुरी परेको थियो ।

भट्टराईले कास्की जिल्ला अदालतमा रहँदा लागूऔषध मुद्दाका प्रतिवादीलाई ६ महिना कैद गरी सोही दिन फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५५ को सुविधा दिएर छाडेका थिए । बलात्कारको कसुरमा सोही जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको भएपनि अभियोगपत्रमै फरार देखाइएका प्रतिवादीलाई न्यायाधीश भट्टराराईले केही उल्लेख नगरी छाड्न आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com