ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेदरल्यान्ड्ससँग ७ विकेटले हारेसँगै नेपालको क्रिकेट विश्वकप यात्रा टुंगियो


एबीसी न्यूज
असार ९, २०८० शनिबार  ७ : ५१ बजे

 

 

काठमाडौँ ९ असार । नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको क्रिकेट विश्वकपमा पुग्ने संभावना सकिएको छ । जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटबाट बाहिरिएको हो ।

नेपाललाई पराजित गरेसँगै नेदरल्यान्ड्स विश्वकप छनोट खेलको सुपर सिक्समा प्रवेश गरेको छ । नेपाल रहेको समूहबाट यसअघि नै जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा पुगिसकेका थिए ।

 

नेपालले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्‍यो । लो स्कोरिङ खेलमा नेदरल्यान्ड्सका म्याक्सवेल ओडाउटले ९० रन प्रहार गरे । प्लेयर अफ द म्याच ओडाउटले ७५ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतले ९० रन बनाए ।उनले पहिलो विकेटका लागि विक्रमजीत सिंहसँग ८६ रनको साझेदारी गर्दै जीतको आधार खडा गरेका थिए ।

नेपालका लागि बलर सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । लामिछानेले ३० रन बनाएका नेदरल्यान्ड्सका ओपनर सिंहलाई एलबीडब्लू आउट गरे । त्यसैगरी लामिछानेले वेस्ली ब्यारेसीले ३ रनमा आउट गरे । ओडाउटले ३० बलमै ५० रन पूरा गरेका थिए । नेदरल्यान्ड्सका लागि वास डे लिडेले नट आउट ४१ रन प्रहार गरे ।

टस हारेर ब्याटिङ गरेको नेपाललाई सुरुदेखि नै नेदरल्यान्ड्सले दबाबमा राख्यो । टिमको स्कोर ७ हुँदा नेपालले ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले ३९ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाउन खोजे पनि त्यसपछि कुनै ब्याट्सम्यानले उल्लेख्य साझेदारी गर्न सकेनन् । भुर्तेलले २७ र सार्कीले २२ रन बनाए । ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।

 

नेपालका लागि सबैभन्दा बढी ३३ रन क्याप्टेन रोहित पौडेलले बनाए । त्यसैगरी सन्दीप लामिछानेले २७ बनाए भने कुशल मल्लले १२ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । आरिफ शेख ६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ३ विकेट लिए भने विक्रमजीत सिंहले २ र क्लाटन फ्लोयड तथा आर्यन दत्तले १(१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com