ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी प्रधानमन्त्री भएको नौ वर्षमा पहिलो पटक अमेरिकामा पत्रकारसँग दोहोरो संवाद गर्दै


ABC NEWS
असार ७, २०८० बिहीबार  १ : ४३ बजे

एजेन्सी ७ असार । अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छन्।

अमेरिकामा बिहीबार पत्रकार सम्मेलन हुने लागेको हो। पत्रकार सम्मेलनमा मोदीले पत्रकारको प्रश्नको जवाफ दिने ह्वाइट हाउसले जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा मामिला प्रवक्ता जोन किर्बेले यसलाई ‘अर्थपूर्ण’ भनेका छन्। केही अन्तर्वार्ता बाहेक मोदीले मिडियासँग प्रत्यक्ष संवाद गरेका छैनन्।

दुई कार्यकाल गरी नौ वर्षसम्म प्रधानमन्त्री रहँदा उनी आफैंले एउटा पनि पत्रकार सम्मेलन आयोजना गरेका छैनन्। सन् २०१९ मा उनी एक पत्रकार सम्मेलनमा उपस्थित भए पनि पत्रकारलाई प्रश्न सोध्न दिइएको थिएन।

“यो भ्रमणको अन्त्यमा प्रधानमन्त्री मोदीले पत्रकार सम्मेलनमा भाग लिंदै हुनुहुन्छ, हामी आभारी छौं,” किर्बेले भनेका छन्, “हामी यो महत्त्वपूर्ण छ भन्ठान्छौं र उहाँले पनि यसलाई महत्त्वका साथ लिनुभएकोमा प्रसन्न छौं।”

यस पत्रकार सम्मेलनमा एउटा प्रश्न अमेरिकी पत्रकारबाट र अर्को प्रश्न भारतीय पत्रकारबाट सोधिने तय गरिएको छ।

सीएनएनका अनुसार पत्रकार सम्मेलनमा प्रश्न सोध्न छूट दिनका लागि भारतीय पक्षलाई तयार पार्न अमेरिकी आयोजकलाई कठिन भएको थियो। भारतीय पक्षले संयुक्त वक्तव्य जारी गर्न मात्रै दबाब दिइरहेको थियो।

मोदीको भ्रमणको पूर्वसन्ध्यामा मात्रै भारतीय अधिकारीहरू दुई देशका नेता एक्लाएक्लै उपस्थित हुने र दुवै तर्फका एक–एक जना पत्रकारले प्रश्न सोध्ने तय भएको सीएनएनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com