ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन र हर्कलाई पार्टीमा जोड्ने रविको हुटहुटी, अनिलकेशरीलाई टिका लगाइदिए


ABC NEWS

काठमाडौँ ७ असार । । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगर मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई पार्टीमा जोड्न चाहेको बताएका छन् ।

पार्टी स्थापना दिवसका अवरमार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बालेन र हर्कलाई पार्टीमा जोड्न सके असाध्य राम्रो हुने बताए ।

२०८४ मा पार्टी स्वतन्त्रले साँच्चिकै स्वतन्त्रहरू हर्क बालेनलाई समेट्न सक्ला कि नसक्ला भन्ने प्रश्नमा उनले भने, ‘यो राम्रो हुन्थ्यो । त्यस्तो साथीहरूलाई हामीले जोड्न सके असाध्य राम्रो हुन्थ्यो ।’ उनीहरूलाई पार्टीमा जोड्ने चाहना रहेको भन्दै आफूहरू एक सय प्रतिशत सकारात्मक रहेको लामिछानेको भनाइ छ । ‘त्यो हाम्रो चाहना छदै छ । हाम्रो चाहना अनुरूप अन्य साथीहरूले पनि सोचिदिनु भयो भने हामी हाम्रो तर्फबाट एक सय प्रतिशत सकारात्मक छौँ,’ उनले भने ।

उनीहरूको कामको प्रशंसा गर्दै आएको उनको भनाइ छ । लामिछानेले भने, ‘ हाम्रो सम्बन्ध पनि सौहार्दपूर्ण नै छ । मैले उहाँको कामको निरन्तर प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।’ बालेन र हर्कलाई रास्वपाका जोड्न पाए आफ्ना लागि खुसीको कुरा हुने लामिछानेले बताए ।
पूर्व बैंकर अनिल केशरी शाह आजै रास्वपामा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् ।

रास्वपाले चर्चित अनुहारहरुलाई पार्टीमा भित्र्याउने अभियानकै रुपमा चलाउँदै आएको छ । जसअनुसार रास्वपाले चुनावअघि स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएको थियो । रास्वपाकै टिकटबाट स्वर्णिम सांसद समेत उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।

गत असार ७ गते रास्वपा रवि लामिछानेका नेतृत्वमा स्थापना भएको थियो । जसको आज एक वर्ष पुग्दा रास्वपा चर्चाको केन्द्रमा रहेको छ । रास्वपाले वार्षिकोत्सवको अवसरमा चियापानको कार्यक्रम आयोजना गरेको छ। पार्टी प्रवेश गरेलगत्तै शाहलाई रास्वपाले प्रशिक्षण विभागको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com