ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालका सांसद नै बजेटको विरोधमा, आफूले भनेको नभए विपक्षमा मतदान गर्ने चेतावनी


ABC NEWS
असार ६, २०८० बुधबार  ६ : ४१ बजे

काठमाडौँ ६ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसदहरुले सरकारले पेस गरेको बजेट संशोधन नगरे पक्षमा मत नदिने चेतावनी दिएका छन् । बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै असन्तुष्ट रहेका नेकपा एसमा सांसदहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुधबार आफ्नो धारणाबारे जानकारी दिँदै यथास्थितिमा पास गर्न सहयोग नगर्ने उल्लेख गरेका छन् ।

सांसदहरू राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ, अम्बरबहादुर थापालगायत सांसदहरूले बुधबार अध्यक्ष नेपाललाई भेटेर आफ्नो धारणा राखेका हुन् । नेकपा एसका बहुसंख्यक सांसदहरू बजेटको विपक्षमा उभिएपछि यसबारे छलफलल गर्न नेकपा एसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

‘बजेट असन्तुलित छ । जो मन्त्री हो उसले उसकै जिल्लामा मात्रमा बजेट लैजाने हो भने हामीले किन पास गरिदिनुपर्ने ? हामी के पास गर्ने खटाएका सिपाही हौं र ? नेकपा एसका उपाध्यक्षसमेत रहेका सांसद पाण्डेले ईकान्तिपुरसँग भने, ‘बजेट पास नभएकै कारण सरकार ढल्छ भने ढलोस् ।’

अर्का सांसद कृष्णकुमार श्रेष्ठले पनि बजेटमा मनलाग्दी गरिएकाले आफूहरुले विरोध गरेको बताए । ‘अहिलेको बजेट सन्तुलित छैन । यसमा मनलाग्दी गरिएको छ । त्यसैले यथास्थितिमा हामीले भोट हाल्ने अवस्था रहँदैन भनेर हामीले भनेका छौं‚’ सांसद श्रेष्ठले भने, ‘यसबारेमा हाम्रो संसदीय दलमा छलफल हुन्छ ।

बजेट कुनै जिल्लामा मात्र केन्द्रित रहेको, प्याज आलुलगायतमा कर बढाएको, डीपीआर नै नभएका परियोजनामा अर्बौं बजेट हालेको भन्दै नेकपा एसका सांसदले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

सम्बन्धित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध आयो ‘अतिगोप्य’ उजुरी

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com