ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने न्याय माग्दै सर्वोच्चमा


ABC NEWS

काठमाडौं ६ असार । त्रिभुवन विश्वविद्यालय परिसरमै आफूलाई मरनासन्न हुनेगरी आक्रमणमा संलग्न नेपाल विद्यार्थी संघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्चमा रिट हालेका हन्।

उनले सरकारको उक्त निर्णय गैरकानुनी र असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्। अधिवक्ता राधिका खतिवडाका अनुसार उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ।

सरकारले मुद्दा फिर्ता लिएपछि चलाउने यसअघि न्याय माग गर्दै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए। मंगलबार त्यहाँ पुग्दा उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो।

अदालत परिसरमै अनशन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको थियो। त्यसपछि उनको पक्षमा नागरिक समाज र प्राध्यापकहरु आन्दोलित छन्।

चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।

त्रिविका नेविसंघ इकाइ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो।

त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो।

तर त्यसअघि नै आइतबार सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। उक्त मुद्दा कांग्रेसकै मन्त्रीको सिफारिसमा फिर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानले युद्धविराम उल्लङ्घन गरेको इजरायलको आरोप, तेहरानमा शक्तिशाली आक्रमण गर्न रक्षामन्त्रीको आदेश

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

सम्बन्धित

दृष्टिका प्रकाशक शम्भु श्रेष्ठलाई तीन दिनभित्र उपस्थित गराउन विशेषको आदेश

इरानले युद्धविराम उल्लङ्घन गरेको इजरायलको आरोप, तेहरानमा शक्तिशाली आक्रमण गर्न रक्षामन्त्रीको आदेश

जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारकाे तयारी

बुवाको नाममा धेरै बजेट छुट्याएको भन्ने आरोपबारे सहरी विकासमन्त्रीको स्पष्टीकरण

स्थानीय तह संघीयताको मेरुदन्ड हुन्- मन्त्री  गुप्ता

स्वास्थ्य मन्त्रालयको प्रस्तावित ‘ओएनएम’को विरोधमा रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com