ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा खुशीले होइन बाध्य भएर मात्रै कृषि गरिरहेका छन् : स्वतन्त्र सांसद प्रभु साह


ABC NEWS

काठमाडौँ ६ असार । आमजनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य प्रभु साहले शिक्षित र पढेलेखेका मान्छेहरू कृषि पेसामा लाग्नै छाडेको बताएका छन् । उनले सरकारले बजेटमा कृषि क्षेत्र र किसानलाई सम्मान गर्ने कार्यक्रम नल्याएको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘पहिले–पहिले कृषि पेसामा पैसा भएको मान्छे, पढेलेखेका मान्छेहरू पनि हुन्थे । तर अहिले पढेलेखेको मान्छेले कृषि कर्म गर्नै हुँदैन भनेजस्तो भएको छ । अहिले पढेलेखेका मान्छेहरू कृषिमा छैनन्, पैसा भएका मान्छेहरूको लगानी कृषिमा छैन । कृषि त मजबुरीको पेसा भएको छ । मान्छे बाध्य भएर मात्रै कृषि गरिरहेको छ ।’

उनले ६५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध भएको देशमा कृषि र किसानलक्षित ठोस कार्यक्रमबिनाको बजेट आउनु दुःखद भएको बताए । उनले प्रश्न गरे, ‘हामीले यदि कृषिमा युवाहरूलाई आकर्षित गर्न नसक्ने हो र किसानलाई सम्मान नगर्ने हो भने के हामीले चाहेको जस्तो नेपाल निर्माण कसरी सम्भव छ रु’

सांसद साहले किसानलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने माग गरे । ‘कृषि नै देशको मूल आम्दानीको स्रोत हो । अनि कृषि क्षेत्रमा लगानी भने छैन । किसानले बैंकबाट ऋण पाउँदैन, बिऊ पाउँदैन, मल पाउँदैन, बजार पनि पाउँदैन । नोक्सान हुँदा पनि किसानले त्यो पेसा छाड्न सकेको अवस्था छैन, राज्यले पनि उसलाई सहयोग र सम्मान नदिने हो भने उसले किन कृषि पेसा गरिरहने रु’ उनले भने, ‘सरकारले किसानलाई पेन्सन दिने व्यवस्था गरौँ ।’

उनले देशलाई चुसेर महल ठड्याउनेहरूलाई भन्दा पसिना बगाएर देशको ढुकुटीमा योगदान गर्नेहरूलाई पेन्सन दिनु उपयुक्त हुने बताए । ‘किसान अन्नदाता हो । किसानले हामीलाई पालिरहेको छ । हामी ठूलठूलो पदमा पुगेर देशलाई लुट्नेलाई पेन्सन दिइरहेका छौँ । हामीले अन्नदातालाई पेन्सन दिने हो कि देशलाई चुसेर महल ठड्याउनेलाई पेन्सन दिने हो रु’ सांसद साहले प्रश्न गर्दै भने, ‘हामीले अहिलेको अवस्थालाई ब्रेक गर्न सक्नुपर्छ । नत्र किसानहरू चुप लागेर बसिरहन्छ जस्तो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com