ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ प्रयोग हो : विप्लव


ABC NEWS
असार ४, २०८० सोमबार  ५ : १३ बजे

काठमाडौं ४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दल सम्मिलित समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताएका छन्।

राष्ट्रियसभागृहमा आयोजित मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन्।

‘यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो। नयाँ प्रयोग हो,’ उनले भने, ‘यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ। यसरी यसअघि प्रयोग भएको छैन।’

सरकारमा भएको पार्टी र बाहिर भएका पार्टी पनि यस मोर्चामा रहेको भन्दै उनले परिवर्तन र उपलब्धिको रक्षा गर्न मोर्चाले भूमिका खेल्ने बताए।

उनले यो नेपालको इतिहासमा एउटा संयोग बनेको पनि बताए ।
‘अग्रगमन र पश्चगमनको लडाईंमा नेपाल उभिरहेको छ। यो परिस्थिति सामान्य छैन। यो परिस्थितिमा चार राजनीतिक दलको छलफलपछि सबैको सुझाव र चाहना अनुरुप आजको संकटबाट देशलाई अन्त्य गर्नुपर्छ,’ विप्लवले भने, ‘प्रतिगामीलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन।’
उनले नेपालमा विभिन्न चरणमा भएका आन्दोलन र क्रान्तिहरूका बाँकी सपनाहरू पूरा गर्नका लागि समाजवादी मोर्चा बनेको बताए । ‘हामीले भर्खरै सात बुँदे घोषणापत्र र सहमतिपत्रमा हस्ताक्षर गरेका छौँ । यसले पक्कै पनि नयाँ आशाको सञ्चार गर्नेछ,’ उनले भने, ‘यो देशमा पश्चगामीहरूको, प्रतिगामीहरूको नेतृत्व अब स्वीकार्य छैन । देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । स्वाभिमानीहरूले गर्ने हो ।’

उनले अझै पनि समाजमा व्याप्त असमानताको अन्त्य र अधिकारको सुनिश्चतता हुन नसकिरहेको बताए ।

चार दल सम्मिलित समाजवादी मोर्चाको नेपालको सहमति पत्र (पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

सम्बन्धित

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध आयो ‘अतिगोप्य’ उजुरी

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com