ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ प्रयोग हो : विप्लव


ABC NEWS

काठमाडौं ४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दल सम्मिलित समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताएका छन्।

राष्ट्रियसभागृहमा आयोजित मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन्।

‘यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो। नयाँ प्रयोग हो,’ उनले भने, ‘यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ। यसरी यसअघि प्रयोग भएको छैन।’

सरकारमा भएको पार्टी र बाहिर भएका पार्टी पनि यस मोर्चामा रहेको भन्दै उनले परिवर्तन र उपलब्धिको रक्षा गर्न मोर्चाले भूमिका खेल्ने बताए।

उनले यो नेपालको इतिहासमा एउटा संयोग बनेको पनि बताए ।
‘अग्रगमन र पश्चगमनको लडाईंमा नेपाल उभिरहेको छ। यो परिस्थिति सामान्य छैन। यो परिस्थितिमा चार राजनीतिक दलको छलफलपछि सबैको सुझाव र चाहना अनुरुप आजको संकटबाट देशलाई अन्त्य गर्नुपर्छ,’ विप्लवले भने, ‘प्रतिगामीलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन।’
उनले नेपालमा विभिन्न चरणमा भएका आन्दोलन र क्रान्तिहरूका बाँकी सपनाहरू पूरा गर्नका लागि समाजवादी मोर्चा बनेको बताए । ‘हामीले भर्खरै सात बुँदे घोषणापत्र र सहमतिपत्रमा हस्ताक्षर गरेका छौँ । यसले पक्कै पनि नयाँ आशाको सञ्चार गर्नेछ,’ उनले भने, ‘यो देशमा पश्चगामीहरूको, प्रतिगामीहरूको नेतृत्व अब स्वीकार्य छैन । देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । स्वाभिमानीहरूले गर्ने हो ।’

उनले अझै पनि समाजमा व्याप्त असमानताको अन्त्य र अधिकारको सुनिश्चतता हुन नसकिरहेको बताए ।

चार दल सम्मिलित समाजवादी मोर्चाको नेपालको सहमति पत्र (पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com