ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघको कुटाई विरुद्ध न्याय माग्न पुगेका उपप्राध्यापक प्रेम चलाउने अदालतबाटै समातिए, संसदमा आवाज


ABC NEWS

काठमाडौं ४ असार । न्याय माग गर्दै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरभित्रैबाट घिसार्दै पक्राउ गरेको हो। अदालत परिसरमै अनशन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको हो।
यसैबीच त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध एमालेकी सांसद सुनिता बरालले संसद्‌मा आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद बरालले नेविसंघ कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने मुद्दा सरकारको निर्णयको आलोचना गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालय नेविसंघले बन्द गरेको अवस्थामा सर्वोच्चले खुला गर्न आदेश दिएको र त्यसको समर्थन गर्दा उपप्राध्यापक चलाउनेलाई नेविसंघ कार्यकर्ताले मरणासन्न हुने गरी कुटपिट गरेको बरालको भनाइ छ । चलाउनेलाई २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताहरूले कुटपिट गरेका थिए । कुटपिटको आरोप लागेका नेविसंघका कार्यकर्ताहरू हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।

उक्त निर्णयको सांसद बरालले विरोध जनाएकी हुन् । ‘उपप्राध्यापक चलाउने त्रिविमा तालाबन्दीको विरुद्धमा उभिएका थिए । विश्वविद्यालयमा पठनपाठन सुचारु हुनुपर्छ भन्ने पक्षमा उभिएका थिए । त्यो बापत उहाँले धन्न ज्यान गुमाउनु परेन, भाग्यले बाँचेका छन्,’ बरालले भनिन्, ‘आज उनी न्यायका लागि छटपटाइरहेका छन् । यस्ता खालका घटनामा कोही पनि उम्किन नपाउन् ।’

आरोपितले गल्ती गरेका छैनन् भने न्यायालयले नै फैसला गर्ने तर महान्यायाधीवक्ताको कार्यालय र मन्त्रिपरषद्‌बाट यसरी मुद्दा फिर्ता लिन नहुने सांसद बरालको भनाइ थियो ।

लोकतन्त्रिक शासन प्रणालीमा कानुनको शासन हुनुपर्ने बरालको भनाइ थियो । तर जनता राज्यसँग त्रसित हुनुपर्ने अवस्था सिर्जना भइरहेको उनको भनाइ थियो । ‘सरकार, देश, राज्यसँग नेपाली जनता आक्रान्त, आतंकित र त्रसित हुनुपरेको छ,’ उनले भनिन्, ‘यो देशमा सुशासन माग्न कहाँ जाने हो रु कहाँबाट सुरक्षित हुने हो ”

सरकारले नै मुद्दा फिर्ता लिएर न्यायालय कामविहीन गर्न खोजेको हो भन्ने प्रश्न सांसद बरालको थियो । ुअब के सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो रु के सरकारले कोही पनि नेपाली जनतालाई परेका समस्यामा राज्य छैन भन्ने सन्देश दिन खोजेको हो रु कुनै पनि पेसा व्यवसायसँग सम्बन्धत व्यक्तिहरू अब आफ्नो कार्यक्षेत्रमा जाने कि नजाने रु,ु उनका प्रश्न थिए ।

चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।

त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो।

त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो।

तर त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ।

सरकारको निर्णयविरुद्ध चलाउनेले काठमाडौं जिल्ला अदालत परिसरभित्र आमरण अनशन बस्ने चेतावनी दिएका थिए। त्यहीअनुसार उनी अनशन बस्न तयार भएका थिए।

तर प्रहरीले न्याय खोजिरहेका चलाउनेलाई होहल्ला गरेको आरोपमा पक्राउ गरेर लगेको हो। अहिले उनलाई सिंहदरबार बृत्तमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

इरानमा शासन परिवर्तनको सही मार्ग !

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com