ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा सोमबारदेखि सबै भारतीय फिल्म प्रर्दशनमा रोक लगाउने बालेनको ठाडो आदेश


ABC NEWS

काठमाडौँ ३ असार । भारतमा समेत चर्को विवादमा रहेको दक्षिण भारतीय फिल्म आदिपुरुष नेपालमा पनि विवादित बनेपछि सोमबारबाट काठमाडौं महानगरपालिकामा प्रदर्शन नहुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फिल्मको विवादित अंश भारतीय फिल्मबाटै नहटाएसम्म काठमाडौंमा सबै भारतीय फिल्म प्रदर्शन गर्न नदिने आदेश जारी गरेका छन् ।

महानगर प्रहरीले हलसम्मै पुगेर फिल्म प्रदर्शनमा रोक लगाउने कोसिस गरेपछि फिल्म प्रर्दशनमा रोक लागाउने निर्णयमा पुगेको चलचित्र प्रदर्शन सम्वन्धी संस्थाले जनाएको। छ। आजै आइतबार सिभिल मलको हलमा नगर प्रहरी पुगिसक्नुभयो । हामी सोमबारबाट फिल्म देखाउँदैनौं । हामी त जनताको सुरक्षाको जिम्मेवारीमा रहेको पक्ष हौं । हामीले त एक कदम पछाडि रहेर जनताको सुरक्षालाई ध्यानमा राखेर संयमित भएर अहिलेका लागि फिल्मको प्रदर्शन रद्द गर्छौं‚ चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले बताए ।

आइतबार अपराह्न महानगर प्रमुख शाहले सोमबारदेखि महानगर क्षेत्रमा हिन्दी चलचित्र प्रदर्शनमा निषेध गरिएको बताउँदै स्टाटस लेखेका छन् ।
‘जानकी भारतीय छोरीु हुन् भन्ने संवाद फिल्मको मूल भागबाट हटाउनका लागि सरकारलाई ३ दिन पहिले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै शाहले चलचित्रका कारण नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको दाबी गरेका छन् ।

यसअघि विवादित संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि ुआदिपुरुषुको काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । गत बिहीबार फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाई फिल्मको जाँचपास अनुमतिपत्र लिएका थिए । मेयर शाहले नेपालमा मात्र नभई भारतमा समेत उक्त संवाद नसच्याए उपत्यकामा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै गत शुक्रबार फेसबुकमा लेखेपछि ुआदिपुरुषु को विवाद चर्किएको थियो । त्यसैले सुरक्षाको कारण देखाउँदै चलचित्र संघले शुक्रबारको बिहानीको सो पनि रद्द गरेको थियो ।

उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको बताउँदै महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मेयर शाहले शुक्रबार सूचना तथा सञ्चार, प्रविधि मन्त्रालयलाई पत्र पनि पठाएका थिए । उक्त पत्रमा, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले कूटनीतिक पहल गरिनुपर्छ‚’ भन्ने उल्लेख थियो ।

मेयरले यसरी पठाएको पत्रबारे सरकारले केही प्रतिक्रिया दिएको थिएन । हल सञ्चालकहरूले भने सेन्सर बोर्डले पास गरिसकेको भएकाले फिल्म प्रदर्शन जारी राखेका थिए । आइतबार काठमाडौंका हलहरूमा फिल्म प्रदर्शन भएपछि मेयर शाहले सोमबारबाट पूर्णतस् बन्द गर्ने निर्णय गरे । केही हलहरूमा महानगर प्रहरी पठाएर फिल्म सञ्चालन गरेबापत कुनै सुरक्षा थ्रेट भए त्यसको जिम्मेवारी आफैं लिने भन्दै हल सञ्चालकलाई चेतावनी दिए । अझ नमाने सोमबारबाट प्रशासनिक बल प्रयोग नै गरेर बन्द गराउन सक्ने जवाफ महानगर प्रहरीबाट आएपछि हल सञ्चालकहरू फिल्म नदेखाउने निर्णयमा पुगेका हुन् ।

‘आदिपुरुषु का नेपाल वितरक मनोज राठी भारतमा प्रदर्शन हुने फिल्मबाट पनि उक्त संवाद हटाउने तयारी रहेको बताउँछन् । ुहामीलाई त सरकारले नै फिल्म प्रदर्शन गर्ने अनुमति दिएको हो । महानगरमा फिल्मको सेन्सर भएको होइन नि त । यसरी फिल्म नै रोक्ने कुरा त महानगरको अधिकार क्षेत्रमा पर्दैनजस्तो लाग्छ । फिल्मको प्रदर्शन रोक्ने त सञ्चार मन्त्रालयले हो । खासमा सेन्सर पास भइसकेपछि त सञ्चार मन्त्रालयले पनि फिल्मको प्रदर्शन रोक्न पाउँदैन,ु राठीले भने, ुभारतले पनि त्यो संवाद फिल्मबाट हटाइसकेको छ । त्यसको चिठ्ठी हामी कुर्दै छौं । फिल्मको संवाद त्यति ठूलो छँदा पनि छैन । फिल्ममा जानकी भारतकी छोरी भनेकै छैन, भारतकी किसी बेटीको भन्ने संवाद छ । जुन म्युट नै गरिसक्यौं ।’

निर्देशक मनोज पण्डित मेयर शाहको यो कदमको प्रशंसा गर्छन् । ‘बालेनले जे निर्णय गर्नुभयो‚ त्यसको सापेक्षता छ । सबै फिल्मलाई बन्द गर्ने भन्ने हिसाबले आजबाट नेपालमा हिन्दी फिल्म नै चल्दैन भन्ने दृष्टिकोण राख्ने होइन । तर, तिमीहरूले नेपाललाई गलत तरिकाले देखाउन खोज्यौ भने नेपाल त्यसको विरुद्धमा खडा हुन सक्छ है भन्ने पोलिटिकल स्टेटमेन्ट हो यो,’ पण्डित भन्छन्, ुयो संवाद, संवादमात्रै होइन त्यसमा भारतले नेपाललाई कसरी लिन्छ भन्ने दृष्टिकोण छ । खासमा मेयरको यो कदम तत्कालका लागि तीतो सुनिएला । तर, यसले कालान्तरसम्म असर देखाउँछ । यो मोदीको ुन्यारेटिभ्सु लाई चुनौती दिने बालेनको ‘न्यारिटिभ्सको म प्रशंसा गर्छु ।’

मेयर शाहले यो आफ्नो यो कदमलाई आफूले निर्वाह गरेको संवैधानिक दायित्वको रुपमा समेत व्याख्या गरेका छन् । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको बताउँदै उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिएको मेयर बालेन्द्रको भनाइ छ ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्र प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्नेछ ।’

मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले ‘आदिपुरुषु मा समावेश गरिएको संवादले सांस्कृतिक आक्रमण भएको दाबी गरे । ‘यो चलचित्रको संवाद नहटाउँदा हाम्रो समाज नै खल्बलाउँछ । हामीले सरकारलाई यस विषयबारे पहिल्यै ध्यानाकर्षण गराएका थियौं,ु भुपदेवले भने,’ हिन्दी फिल्म हेर्नका लागि मनपर्ने मानिसहरू सामान्य हिसाबले जानु हुन्छ । तर‚ जो मानिसहरू यसको विपक्षमा छन्‚ त्यसले असर गर्छ । सम्भावित हिंसा नहोस् भनेर हामीले यो कदम चालेका हौं ।’

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले हिन्दी फिल्म सोमबारदेखि सञ्चालन गर्न नदिने निर्णय अनुमोदन भइसकेको बताए । सरकारलाई ध्यानाकर्षण गराउनका लागि भने पत्र पठाए पनि कुनै सुनुवाइ नभएपछि काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालन हुने हिन्दी फिल्महरू सोमबारदेखि बन्द गराइएको प्रवक्ता मानन्धरले बताए ।

महानगर क्षेत्रभित्र सञ्चालन हुने हल,पार्टी प्यालेस तथा मलहरू स्थानीय सरकारको कानुनमा रहेर कर तिरेर सञ्चालन भएको बताउँदै उनले महानगरले गरेको निर्णयलाई हल सञ्चालकहरूले मान्नुपर्ने उनको दाबी छ । ‘स्थानीय सरकारलाई कर तिरेर सञ्चालन भएका हलहरू महानगरसँग सम्बन्ध बिगार्न चाहँदैनन्,’ मानन्धरले भने, ‘महानगरले हिन्दी फिल्म सञ्चालन गर्न नदिने घोषणा गरिसकेपछि स्वाभाविक रुपमा उहाँहरूको सहयोग हुनुपर्छ । हामी स्थानीय सरकार भएकाले पनि सहयोग गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com