ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन वान एक्स बेट’मार्फत प्रकरणमा कलाकार बल्छी ध्रुवे पक्राउ परे


ABC NEWS

काठमाडौँ ३२ जेठ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत भएको ठगी प्रकरणमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ पक्राउ परेका छन्।

बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत ७४ करोडको अवैध कारोबार गरेको फेला पारेपछि कलाकार बल्छी ध्रुवे पनि तानिएका हुन्। उनीसहित यो प्रकरणमा मुछिएका करिब ८ देखि १० जनालाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ तयारी गरेको थियो।

बल्छी ध्रुवेसहित कलाकारले आफूले खेल्ने टेलिसिरियल र भिडिओहरुमार्फत ‘वान एक्स बेट’को अनलाइन जुवालाई प्रवर्द्धन र प्रचार गर्दै आएका थिए। बल्छीध्रुवेलाई अहिले पक्राउ गरेर प्रहरीले अपराध अनुसन्धान कार्यालयमा ल्याइरहेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालले बुधबार मात्रै कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी १२ जनाको नाममा खाता खोलेर ‘वान एक्स बेट’ मार्फत जुवा खेलाउन करोडौँ अवैध कारोबार गरेको भेट्टाएको थियो।

यो प्रकरणमा खड्काले सट्टेबाजहरुको मुख्य एजेन्टका रुपमा आफूलाई सक्रिय बनाउने गरेका थिए। उनै खड्काले कलाकारहरुलाई पनि आकर्षक रकमको प्रलोभन देखाएर अनलाइन जुवाको प्रमोशन गराउने गरेका थिए।

सट्टेबाजका रकम प्रयोग गर्न दिनेशले बैंक खाता नै ६३ वटा खाता खोलेको भेटिएको थियो। अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार खड्कासहित सट्टेबाजीको एजेन्टका रुपमा सक्रिय अन्य चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको थियो।

त्यही अनुसन्धानका क्रममा बल्छी ध्रुवेसहितका कलाकार पनि यो ठगी प्रकरणमा तानिएका हुन्।

खड्कासहितका गिरोहले सट्टेबाजीमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ।

बुधबार पक्राउ परेका आशीषले तीन करोड कारोबार गरेको फेला परेको छ। दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बुधबार बताएका थिए।

उनका अनुसार आशीषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको थियो। पक्राउ गरेर बुधबार सार्वजनिक गरिएकाहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ- गृहमन्त्री लेखक

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

गृहमन्त्रीले बोलिरहँदा बेल घेर्न पुगे रास्वपाका सांसद

तीन दल एक ठाउँमा भएपछि सभामुखले पेलेरै अघि बढाए संसद्

माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको छ- राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com