ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङको उम्मेदवारी घोषणा


abc tv
जेष्ठ २८, २०८० आईतबार  ११ : ४१ बजे

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको अध्यक्ष पदका लागि समाजसेवी हित काजी गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार १० जुनको साँझ अल्डरसटस्थित सुशी मोटोमा कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन् । नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल तमु धिं युकेको सफल नेतृत्व प्रदान गरिसकेका गुरुङले आफूले बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले “बेलायतमा दुई वटा एनआरएन छ भन्ने भ्रम छ तर मैले सधैं एउटा देख्छु” भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे । साथै, उनले एनआरएनए युकेको सदस्यता लिनसमेत अनुरोध गर्दै जुलाई २२ का दिन आफूलाई साथ दिन अनुरोध गरे ।

अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष समेत रहेका समाजसेवा एवं उद्यमी पुरन गिरीको संयोजकत्वमा सम्पन्न उक्त घोषणासभामा एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, ग्रिनविच वरो काउन्सिलका उपमेयर जीत रानाभाट, नागरिक समाजका अगुवा शेरबहादुर सुनार, एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, तमुधिं युकेका अध्यक्ष हरि गुरुङ, सहारा युकेका अध्यक्ष लेप्टन कुसाङ्ग गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष कर्म पहाडी शेर्पाले मञ्चबाट शुभकामना दिएका थिए । विभिन्न नेपाली संघसंस्थाका अध्यक्षहरु, आफन्तजन, साथीभाइहरुको समेत विशेष उपस्थिति रहेको उक्त सभामा सहभागी वक्ताहरुले हित काजी गुरुङ एउटा स्पष्ट वक्ता, निडर, अन्यायका विरुद्ध लड्न सक्ने, बेलायतको एनआरएनलाई एक ढिक्का बनाएर लैजान सक्ने क्षमतावान र नेतृत्वदायी भूमिका खेल्ने सक्ने व्यक्ति भएको बताउँदै आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, कार्यक्रम संयोजक पुरन गिरीले हित काजी गुरुङको बारेमा बोल्दै उपस्थितिका लागि सबैलाई धन्यवाद दिए ।

स्थानीय रस्मुर वरो काउन्सिलका काउन्सिलरसमेत रहेका समाजसेवी जीव बेल्वासेले संचालन गरेको उक्त घोषणा सभामा समाजसेवी डा। बिशाल गुरुङले एनआरएनएको अनलाइनमार्फत सदस्यता कसरी लिन सकिन्छ भन्नेबारे पावर पोइन्ट प्रिजेन्टेशन गरेका थिए । स्मरण रहोस् एनआरएनए युकेको आगामी निर्वाचन जुलाई २२ गते सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com