ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा श्रेष्ठ


एबीसी न्यूज

काठमाडौं, २१ जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षपदमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सङ्गठनको शनिबार राति काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्गठनको वरिष्ठ उपाध्यक्षमा किरणकुमार रिजाल, प्रथम उपाध्यक्षमा हुकुमसिंह नेपाली, द्वितीय उपाध्यक्षमा ऐनकुमार शाही, तृतीय उपाध्यक्षमा कान्छाराम थिङ र महासचिवमा सरोज खनाल निर्वाचित हुनुभएको छ ।

यस्तै, उपमहासचिवमा टेकप्रसाद बस्याल, गान्धीराज गिरी र रामहरि श्रेष्ठ, सचिवमा रुपकलाल श्रेष्ठ, रामचन्द्र भुसाल र चिनिबहादुर बोहोरा, कोषाध्यक्षमा पुरुषोत्तम सिंखडा र सहकोषाध्यक्षमा गोपबहादुर ठकुरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत छविलाल न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनले सङ्गठनका पूर्वअध्यक्ष डोलनाथ खनाललाई प्रमुख सल्लाहकारको भूमिका प्रदान गरेको छ ।

अधिवेशनले कोशी प्रदेशको संयोजकमा रामकुमार हिङमाङ, बागमती प्रदेशको संयोजकमा गुणराज घिमिरे, गण्डकी प्रदेशको संयोजकमा प्रकाशमणि तिवारी र लुम्बिनी प्रदेशको संयोजकमा जितेन्द्र खत्रीलाई जिम्मेवारी दिएको छ । बाँकी तीन प्रदेशको जिम्मेवारीसमेत चाँडो दिइने बताइएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गङ्गा कार्कीले मुलुकलाई समाजवादी यात्रामा अगाडि बढाउनका लागि यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई अगाडि बढाउन सरकारको साथ र सहयोग रहन्छ”, उहाँले भन्नुभयो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले राज्यले यातायात क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सुविधासम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताउनुभयो । उहाँले २० वर्षे सवारी साधन हटाउने निर्णय इन्जिन परीक्षणको नतिजाका आधारमा हुनुपर्ने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com