ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई


एबीसी न्यूज
जेष्ठ २१, २०८० आईतबार  १२ : ३४ बजे

काठमाडौं, २१ जेठ ।  नेपालले मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला जितेको छ । आज भएको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई तीन विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले जितेको हो ।

बाङ्गीमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन जोडिन् । अप्सरी बेगम १५ तथा ज्योति पाण्डे १४ रनमा अविजित रहिन् । बिन्दु रावल र इन्दु बर्मा समान ५ तथा कविता कुँवर ४ रनमा आउट भइन् ।

मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले सर्वाधिक ४७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । महिराह इजाती इस्मालीले २० रन बनाइन् । नेपालकी कविता कुँवरले दुई र ईश्वरी विष्टले एक विकेट लिइन् ।  नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । हिजो भएको चौथो खेल नेपालले ४ विकेटले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com