ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षे अभियानमा एमाले, कार्यविभाजन हेरफर, बरिष्ठतालाई आधार बनाएको तर्क


एबीसी न्यूज

 

काठमाडौं १९ जेठ । चुनाव लगत्तै दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको नेकपा एमालेले उस्तै खालको एक वर्षे अभियान सुरु गर्ने भएको छ । वैशाख अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले पार्टी संगठनको सुदृढीकरण र सामाजिक जागरणका निम्ति एक वर्षे अभियान चलाउने निर्णय गरेको थियो ।

त्यही निर्णयलाई आधार मानेर शुक्रबार बसेको सचिवालय बैठकले अभियानको खाका तयार पारेको छ ।

‘एक वर्षसम्म गरिने काम र त्यसको जिम्मेवारी टुंग्याएका छौं । यो एक वर्षे अभियानले पार्टीलाई थप गतिशील बनाउनेछ, उचाइमा लैजानेछ’, सचिव योगेश भट्टराई भन्छन् ।

अभियानको थालनि एमालेले नेताहरुको जिम्मेवारी हेरफेरबाट सुरु गरेको छ । २०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि तोकिएको नेताहरुको जिम्मेवारी शुक्रबारको सचिवालयले हेरफेर गरेको हो ।

‘केही नेताहरु बाहेक सबैको जिम्मेवारी फेरिएको छ । त्यसरी जिम्मेवारी हेरफेर गर्दा फरक भूगोल र क्षेत्रमा पठाउने निर्णय भएको छ’, सचिव पद्या अर्याल भन्छिन् । जिम्मेवारी हेरफेर गर्दा एमालेले नेताहरुको वरीयतालाई ध्यान दिएको उनी बताउँछन् ।

जसअनुसार, उपाध्यक्षहरुले विभागको संयोजन गर्ने जिम्मेवारी पाएका छन् । ३२ विभागको संयोजन गर्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष गरी सात जनालाई दिइएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले योजना तथा नीति सम्बन्धी विभागको संयोजन गर्नेछन् ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पूर्वाधार र विकास, रामबहादुर थापालाई कृषि तथा उद्यमशिलता, अष्टलक्ष्मी शाक्यलाई सामाजिक विकास, युवराज ज्ञवालीलाई मानव स्रोत, सुवास नेम्वाङलाई सुशासन र सेवा प्रवाह र विष्णुप्रसाद पौडेललाई संगठन प्रशिक्षण र प्रचार सम्बन्धी विभागको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । बैठकले विभागमा सहइन्चार्ज नराख्ने निर्णय गरेको सचिव भट्टराईले बताए ।

भूगोलको इन्चार्ज सचिवहरुलाई बनाइएको छ । सचिवालयले रघुवीर महासेठलाई कोशी, योगेश भट्टराईलाई मधेश, गोकर्ण बिष्टलाई गण्डकी, पद्या अर्याललाई लुम्बिनी, लेखराज भट्टलाई कर्णाली र छबिलाल विश्वकर्मालाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएका छन् ।

सात सचिवमध्ये टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाले बागमती प्रदेशको संयोजन केन्द्रीय कार्यालयबाटै गर्ने एमालेले निर्णय गरेको छ ।

जिल्ला इन्चार्जको जिम्मेवारी स्थायी कमिटी र प्रदेश कमिटीका नेताहरुलाई दिइएको छ । केन्द्रीय सदस्यहरुले भने स्थानीय तहको जिम्मेवारी पाउँदैछन् । जिम्मेवारी हेरफेर गर्दा संसदीय मामिला प्रमुख पृथ्वीसुब्बा, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, प्रचार प्रमुख राजेन्द्र गौतम र शहरी विकास प्रमुखमा खगराज अधिकारी तोकिएका छन् ।

यसरी जिम्मेवारी हेरफेर गर्नुको उद्देश्य एक वर्षे अभियानलाई सफल बनाउनु रहेको सचिव भट्टराई बताउँछन् । ‘हामी फरक भूगोल र क्षेत्रको जिम्मेवारी लिएर जाँदैछौं । यसले देश र जनता बुझ्ने अवसर मिल्नेछ भने संगठनलाई गतिशील बनाउनेछ’, उनी भन्छन् ।

गत १० वैशाखमा सम्पन्न मिसन ग्रासरुट अभियानले कमिटी जम्बो बनेको, पार्टी सदस्यहरुले सक्रिय नरहेको, अराजकता बढेको, पार्टीमा युवा पंक्तिको आकर्षण कम देखिएको लगायत निष्कर्ष निकालेको थियो ।

त्यही समस्या हल गर्न क्षेत्रमा नेताहरु परिचालन गरेर एक वर्षसम्म अभियान चलाउन एमालेले शुक्रबार नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । यो अभियानमा एमालेले मुख्यगरी दुई काम गर्ने योजना बनाएको छ, संगठन र प्रशिक्षण ।

‘एक वर्षसम्म प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडासम्म अधिवेशन हुन्छ । सँगै, प्रशिक्षण र जनसवालका विषय उठाइन्छ’, सचिव भट्टराई भन्छन् । अहिले रहेको जम्बो कमिटीलाई चुस्त बनाउन एमालेले आन्तरिक प्रतिस्पर्धाको विधि अपनाइने नेताहरुले बताएका छन् । सँगै, कार्यालय व्यवस्थापन, संसदीय भूमिका प्रभावकारी बनाउने र सडक संघर्षलाई पनि सशक्त बनाउने काम यो एक वर्षमा हुनेछ ।

यसबाहेक एमालेले नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षे कार्यक्रम मनाउन नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । जसअन्तर्गत वरिष्ठ उपाध्यक्ष पोखरेलले इतिहास लेखनको संयोजन गर्नेछन् ।

महासचिव शंकर पोखरेलले लोकतन्त्र र रुपान्तरणको व्यवस्थित अभिलेख राख्ने कामको संयोजन गर्नेछन् भने पार्टी निर्माणका क्रममा लिइएको सेल्टरबारे पुस्तकको संयोजन उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नेछन् । सिहारामा मदन भण्डारीको स्मारक बनाउने उपमहासचिव विष्णुप्रसाद रिमालले संयोजन गर्नेछन् भने २०८० को अन्त्यतिर कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाको संयोजन उपमहासचिव ज्ञवालीले गर्नेछन् ।

न्यौपानेसहित १७ जना केन्द्रीय सदस्यमा मनोनीत

एमालेले १७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शुक्रबार भएको सचिवालय बैठकले मुकुन्द्र न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगलीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, ईकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com