ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डले चीनलाई जुलाई अन्तिम वा अगस्ट पहिलो साता भ्रमणको व्यवस्था मिलाउन सन्देश पठाए


ABC NEWS

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जुलाई अन्तिम वा अगस्ट पहिलो साता चीन भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन्।
तर चिनिया दूतावास स्रोतले भने जुलाई अन्तिम साता सजिलो हुने भन्दै कथं प्रचण्डको जुलाई अन्तिम साता समय नमिलेमा सेप्टेम्वरमा मात्र भ्रमण हुने खबर पठाएको बताएको छ ।

गत जेठ ५ देखि १८ सम्म चीनको भ्रमणमा रहेको पार्टी प्रतिनिधिमण्डको टोलीमार्फत प्रचण्डले सो सन्देश चीन पठाएका हुन्।

माओवादी उपाध्यक्ष समेत रहेका पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे सन्देश चीनसमक्ष पुर्‍याएको हो।

बिहीबार साँझ नेपाल आइपुगेको सो टोलीको भ्रमणबारे जानकारी दिँदै शुक्रबार उपाध्यक्ष सापकोटाले चीन भ्रमणको सन्देशबारे जानकारी गराएका हुन्।

गत जेठ ५ देखि १८ गतेसम्म भएको चीन भ्रमणबारे जानकारी गराउँदै माओवादी केन्द्रको प्रतिनिधि मण्डल। तस्बिर स् अग्नि सापकोटाको सचिवालय
गत जेठ ५ देखि १८ गतेसम्म भएको चीन भ्रमणबारे जानकारी गराउँदै माओवादी केन्द्रको प्रतिनिधि मण्डल। तस्बिर स् अग्नि सापकोटाको सचिवालय
‘भ्रमणअघि सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको थिएँ। के सन्देश छ तरु भनेर सोधे भने के भनौं भनेर सोधेको पनि थिएँ,’ सापकोटाले अघि भने, ‘उहाँले जुलाईको अन्तिम वा अगस्टको फस्टमा चीनको भ्रमण सम्भावना छ भनेर भन्नु भन्नुभएको थियो।’

साथै, बीआरआई अन्तर्गत केही योजना अनुदानमा उपलब्ध गराउन पनि चीनमसक्ष आग्रह गरिएको सापकोटाले बताए।

‘दोस्रो, बीआरआई अन्तर्गत सस्तो ब्याजमा ऋण भनेको छ। केही योजना अनुदानमा भएदेखि हामीलाई आर्थिक विकास गर्न सजिलो हुन्छ भन्नुभएको थियो। त्यही कुरा राखियो,’ सापकोटाले भने, ‘उहाँहरुले हुन्छ भन्नुभयो। वान टू वान कुरा गर्दा पनि मन्त्रीहरुले माथि कुरा राख्छौं भन्नुभएको छ।’

साथै, नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि उनले जानकारी गराए।

गत जेठ ५ गते चीन प्रस्थान गरेको २० सदस्यीय टोली शुक्रबार नेपाल फर्किएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com