ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे


एबीसी न्यूज

प्रधानमन्त्रीले गरे बाबा महाकालको दर्शन, चढाए १०८ केजी रुद्राक्ष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो हिन्दुहरुले मान्ने १२ ज्योतिर्लिङ्गमध्ये एक महाकाल मन्दिरको दर्शन गरेका छन्

शुक्रबार नयाँदिल्लीबाट जहाजमा इन्दौर उत्रिएपछि सडकमार्ग हुँदै उज्जैन पुगेर प्रचण्डले महाकाल मन्दिरको दर्शन गरेका हु्न।

उनले महाकाल मन्दिरमा आठ वटा लगेजमा राखेर लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका छन्।

नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ केजी रूद्राक्षले उक्त मन्दिरमा पूजा गर्ने तालिका थियो। त्यसक्रममा उनलाई मन्दिरका पुजारीहरुले स्वागत गरेका छन्।

१२ ज्योतिर्लिङ्गमध्ये एक उक्त महाकालेश्वर मन्दिरमा पूजाअर्चनाअघि उनलाई सांस्कृतिका कार्यक्रमसहित स्वागत गरिएको थियो।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्था हेरफेर गरेर ६ घन्टासम्म सर्वसाधारणलाई पूजामा रोक लगाइएको थियो।

शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको हो।

त्यस अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्रै गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा मिलाइएको छ।

महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि स्वागतमा पुगेका थिए।

 

उनले प्रधानमन्त्री प्रचण्डलाई देवी अहिल्याको पवित्र नगर र भारतको सबैभन्दा स्वच्छ शहर इन्दौरमा हृदयबाटै स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। मुख्यमन्त्री चौहानले बाबा महाकालको दर्शन गरेर नेपालका जनताको कल्याण र विकासको आशीर्वाद लिन पनि प्रचण्डलाई भनेका छन्।

‘म बाबा पशुपतिनाथसँग प्रार्थना गर्छु, दुवै राष्ट्र सदैव विकास, कल्याण र आपसी सद्भावको पथमा निरन्तर प्रगति गरुन्।’

चौहानले नेपाल र भारतको सभ्यता र संस्कृति पनि एकै रहेको बताएका छन्।

‘नेपाल र भारत प्राचीन राष्ट्र हुन्। हाम्रो समृद्ध इतिहास रहिआएको छ’, उनले भनेका छन्, ‘कयौँ पटक लाग्छ कि शरीर दुई छन् तर हाम्रो संस्कृति, सभ्यता र संस्कार एकै छ।’

उनले बाबा पशुपतिनाथको नगरी काठमाडौंदेखि बाबा महाकालको नगरी उज्जैनसम्म साझा विरासत रहेको पनि बताएका छन्।

‘मध्यप्रदेशवासी अभिभूत छौँ, आफ्नो मित्र राष्ट्र नेपालका प्रधानमन्त्री प्रचण्डजीको स्वागत गर्न पाउँदा’, उनले भनेका छन्, ‘आज हामीले मध्यप्रदेशको गौरवशाली परम्पराका रुपमा माननीय प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com