ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको विकासका लागि मोदीजीसँगको भेटमा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुँदैछ : प्रम प्रचण्ड


एबीसी न्यूज
जेष्ठ १७, २०८० बुधबार  ९ : ३९ बजे

twitter sharing button

नयाँ दिल्ली ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटका क्रममा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा बुधबार साँझ आयोजित रात्रिभोज समारोहलाई सम्बोधनका क्रममा प्रचण्डले यस्तो बताएका हुन्।

‘भोलि जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटवार्ता हुँदैछ’, उनले भने, ‘त्यसक्रममा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुनेछ।’

उनले यसपटक आफू जनस्तरमा रहेको दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन भारत भ्रमणमा निस्किएको पनि बताएका छन्।

‘मेरो यो भ्रमणले हाम्रो सम्बन्ध थप उचाइमा पुग्नेछ’, उनले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम राख्ने पक्षमा नेपाल छ। समय समयमा हुने यस्ता भ्रमणले हाम्रो सम्बन्ध थप बलियो हुनेछ।’

उनले सम्बोधनका क्रममा भारतमा रहेका नेपालीको प्रशंसा पनि गरे।

‘संसारका जुनसुकै ठाउँमा रहेका नेपालीले नेपालको छवि उचाइमा पुर्याउन योगदान दिएका छन्’, उनले भने, ‘तपाईंहरूले भारतमा गरेको अध्ययन र जानेको सीप नेपालमा प्रयोग हुनेछ भन्ने विश्वास लिएको छु।’

उनले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुधारमा केही कदमा चालेपछि सकारात्मक नतिजा आएको पनि दाबी गरे।

‘मैले चालेको कदमले अर्थतन्त्र बलियो हुँदैछ’, उनले भने, ‘रेमिट्यान्स पनि बढ्दैछ। विदेशी मुद्रा सञ्चिती पनि बढेको छ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

sharethis sharing button

मेरो भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्नेछ

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाइ दिई जनस्तरसम्म लैजानु भ्रमणको मूल उद्देश्य रहेको बताएका हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोज कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक समानताका आधारमा असल र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न वर्तमान सरकारले जोड दिएको छ । नेपाल र भारतबीच भौगोलिक र सांस्कृतिक सामीप्यले सदियौँदेखि जनस्तरमा रहेको हाम्रो सम्बन्ध सधैँ मित्रवत् र घनिष्ठ रहँदै आएको छ । समय समयमा हुने उच्चस्तरीय आदानप्रदानले समय सापेक्ष रूपमा सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउँछ ।’

प्रधानमन्त्री प्रचण्डले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग आफ्नो वार्ता हुने कार्यक्रम तय भएको र सो क्रममा केही सम्झौताहरूमा हस्ताक्षर हुने जानकारी दिए । भोलि नै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट हुने उनको भनाई थियो ।

त्यस्तै, प्रतिष्ठित व्यापारी / लगानीकर्ताहरुसँग अन्तरक्रिया र केही महत्त्वपूर्ण परियोजना अनुगमन गर्ने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डसँग बुधबार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले पनि भेटघाट गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डको यो चौथो भारत भ्रमण हो ।

यस्तो छ प्रचण्डको सम्बोधनको पूर्णपाठ 

मित्र राष्ट्र भारतका प्रधानमन्त्री सम्माननीय श्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित आज म भारतको भ्रमणमा आएको छु । प्रधानमन्त्रीका रुपमा यो मेरो चौथो भ्रमण हो । हाम्रा दुुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई नयाँ उचाई दिई मजबुत र जनस्तरसम्म लैजानु यस भ्रमणको मुल उद्देश्य हो । 

भोलि जेठ १८ गते भारतका सम्माननीय प्रधानमन्त्रीसँग मेरो भेटघाट र दुई पक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ । भोलि नै नेपाल र भारतका बीचमा केही सम्झौताहरुमा हस्ताक्षर सम्पन्न हुनेछन् । भारतका सम्माननीय राष्ट्रपति र उपराष्ट्पतिसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम समेत भोलि नै मिलाइएको छ ।

यसका अतिरिक्त दिल्लीमा रहँदा भारतका केही प्रतिष्ठित व्यापारी, व्यवसायी र लगानीकर्ताहरुले हाम्रो प्रतिनिधि मण्डलसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । साथै केही महत्वपूर्ण परियोजनाहरुको अवलोकन गर्ने कार्यक्रम पनि छ । मेरो यस भ्रमणले नेपाल र भारतको सम्वन्ध थप उचाईमा पुग्ने विश्वास लिएको छु । सोही दिन साँझ भारतका प्रतिष्ठित व्यवसायीहरुसँग महत्वपूर्ण भेटघाट गरी २१ गते बिहान नयाँदिल्ली हुँदै इन्दौरबाट काठमाडौं फिर्तीको तयारी रहेको छ । 

दिदिबहिनी तथा दाजुभाईहरु 
सबै मित्रराष्ट्रहरुसँग पारस्पारिक समानताका आधारमा असल र मैतीपूर्ण सम्बन्ध कायम गर्न वर्तमान सरकारले जोड दिएको छ । नेपाल भारतबीच भौगोलिक तथा सांस्कृतिक सामिप्यताले सदियौंदेखि जनस्तरसम्म रहेको हाम्रो सम्बन्ध सधैं मित्रवत एवं घनिष्ठ रहँदै आएको छ । 

समय समयमा हुने उच्चस्तरको भ्रमणले हाम्रो समयसापेक्ष रुपमा थप मजबुत र सुदृढ गराउँछ । रोजगारी, अध्ययन, अध्यापनलगायत विभिन्न पेशा, व्यवसाय तथा अन्य शिलशिलामा भारतमा रहेर यहाँ उपस्थित र उपस्थित हुन नसकेका सबै नेपाली नागरिकहरुलाई उच्च सम्मान गर्दै यहाँहरुको भारत बसाई सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । 

भारतमा रहनुभएका तपाई सबै सद्भाव राजदूत सरह नै हुनुहुन्छ । तपाईहरुको कामप्रतिको लगनशिलता र इमान्दारिताले भारतमा नेपालीप्रतिको विश्वास र सम्मान अझै अभिबृद्धि भएको भन्ने मैले विश्वास लिएको छु । संसारको जुनसुकै ठाउँमा रहेका नेपालीले नेपालको मूल्य मान्यता परम्परालाई अंगाल्दै विश्वमा नेपालको सकारात्मक छवि निर्माण गर्न महत्वपूर्ण भूमिका रहन्छ भन्ने मलाई लाग्दछ । 

वर्तमान सरकारले स्वदेश तथा विदेशमा रोजगारीमा रहेका नागरिकहरुलाई श्रमदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम लागू गरेको छ । भारतमा रहनुभएका तपाईंहरुले पनि यसको लाभ लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

तपाईंहरुले यहाँ गरेको अध्ययन र सिकेको सीप नेपाल फर्केर नेपालको विकासमा प्रयोग गर्नुहुनेछ म विश्वास व्यक्त गर्दछु । विदेशमा रहेका नेपालीलाई मताधिकारको प्रत्याभूत गर्न सरकार प्रतिवद्ध रहेको छ । सरकारले त्यस दिशातर्फ काम गरिरहेको तपाईंहरुलाई र तपाईहरुमार्फत देश विदेशमा रहेका सबैलाई जानकारी गराउन चाहान्छु ।

कोभिड १९ को महामारीपछि विश्वव्यापी रुपमा देखापरेको आर्थिक मन्दीको असर अन्य देशमा जस्तै नेपालमा पनि परेको छ । मैले सरकार सम्हालेको केही महिनामै सरकारले लिएका नीतिका कारण अर्थतन्त्रमा क्रमश सकारात्मक सुधार देखिएका छन् । वैदेशिक रोजगारीबाट रेमिट्यान्समा बढोत्तरी भएको छ । विदेशी मुद्राको सन्चिति बढेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले वर्तमान सरकारबाट ठुलो अपेक्षा गरेका छन् । 

सरकारले प्रदान गर्ने सेवा र सुविधालाई छिटो र छरितो सरल र सहज बनाई जनतालाई सुशासनको अनुभुति दिलाउन सरकार प्रतिवद्ध छ । सरकारले यसअवधिमा अर्थतन्त्रको पुर्नउत्थान,राज्यका सवै तहमा सुशासनको प्रत्याभूति,विकास निर्माणमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्धन र जनसरकारका मुद्धाहरुको सम्बोधन गर्दै सरकारले आफ्ना कामकारवाही अगाडि बढाइरहेको छ ।

मलाई विश्वास छ यसैबर्ष भित्र हामी सकारात्मक नतिजा ल्याउन सफल हुनेछौ र नेपाली परिवर्तनको महशुस गर्नेछन् । 

उपस्थित दिदिबहिनी दाजुभाईहरु,
गत वर्ष जेठ र मंसिरमा हामीले स्थानीय, प्रदेश र संघीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्यौ । तीनै तहमा निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले देशमा संघीय शासन प्रणलीलाई सुदृढ बनाएको छ । मतपत्रअनुसार व्यक्त भएको जनताको चाहानाअनुसार संघीय तहमा मलाई संयुक्त सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ ।

चुनावको माध्यमद्दारा सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्ने प्रजातान्त्रिक प्रणालीको लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यताअनुसार वर्तमान सरकार गठन भइ जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि क्रियाशिल रहेको अवस्था छ । भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने तथा राज्यका सवै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहीता कायम गर्ने विषयलाई सरकारले विषेश जोड दिएको कुरा यहाँहरुलाई अवगत नै छ ।

वर्तमान सरकारले भ्रष्टाचारको मामिलामा शून्य शहनशिलताको नीति लिएको छ । विधिको शासनअनुसार निर्दोष कोही नपरोस्, दोषी उम्कन नपाओस् भन्नेतर्फ सरकार सजग रहेको छ । अन्त्यमा भारत भ्रमणमा संलग्न मेरो प्रतिनिधि मण्डलको सम्मानमा स्वागत समारोहको आयोजना गरी तपाई सबैसँग भेटघाटको अवसर जुटाइदिनुभएकोमा महामहिम राजदूत डा. शंकरप्रसाद शर्मा लगायत सबै कर्मचारीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com