नयाँदिल्ली, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आएका उनले नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकाहरुलाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिन आग्रह गरे । आफूहरु देशको अर्थतन्त्र पुनरुत्थान गर्न काम गरिरहेको उनले बताए । मुलुकको आर्थिक सामाजिक रुपान्तरण, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए ।








प्रतिक्रिया दिनुहोस्