काठमाडौं १७ जेठ । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।
लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।
दोस्रो संघीय निर्वाचनपछि पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १स्२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्