ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन् : प्रचण्ड


admin

धुलिखेल, १८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । 


काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौँ ।” उहाँले छिट्टै पार्टी एकता हुने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले ७० वर्षदेखि देशमा विकासको लहर ल्याउन नसकिएको बताउँदै अब वाम सरकारले नयाँ योजनाका साथ आर्थिक समृद्धिसहितको कामलाई अगाडि बढाउने छ भन्नुभयो ।

अध्यक्ष दाहालले काभे्रका १३ वटै स्थानीय तह अब ‘विकट’ नहुने उल्लेख गर्दै वाम गठबन्धनको नयाँ सरकार बनेलगत्तै जिल्लाका दुई गाउँपालिका महाभारत र खानीखोलालाई सडक सञ्जालसँग जोड्न र सामुदायिक अस्पताल व्यवस्था गर्न पहल गरिने बताउनुभयो । “म आज हुने वाम एकता संयोजन समितिको बैठकमा समेत सो कुरालाई छलफल गरेर योजना बनाउनेछु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेशसभाका सदस्य रत्न ढकालले यहाँका जनताको विकास र चाहना पूरा गर्न चुनावमा घोषणा गरिएका विषयलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर थिङले महाभारत र खानीखोला गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने गरी सडक सञ्जालको विकास गर्न आग्रह गर्नुभयो । ती क्षेत्र सडक सञ्जालसँग नजोडिँदा सिन्धुली र मकवानपुर भएर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले आफ्नो गाउँपालिकामा सडक, अस्पताल एवं विकासका पूर्वाधार नभएका कारण गाउँबाट सदरमुकाम र शहरमा पस्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई सम्मानपत्र प्रदान गरिनाका साथै विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com