काठमाडौं १६ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरुको बयान लिइनेछ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० विरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो ।
ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीनजनाको बयान भइसकेको छ । पक्राउ परेका मध्ये १२ जनाको अझै न्यौपानेको इजलासमै बयान हुनेछ । हाल पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डे लगायतका नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेकाहरु १७ जना थुनामा छन
भने १२ जना फरार रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्