ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ खर्बको बजेट आज संसदमा पेश हुँदै


ABC NEWS
जेष्ठ १५, २०८० सोमबार  ७ : ४१ बजे

काठमाडौं । मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा।प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

ँ
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको अवस्था छ । अहिलेको स्थितिमा सोही सीमाभित्र रहेरै बजेट ल्याउनु सान्दर्भिक र व्यावहारिक देखिएको बजेट निर्माण टिमका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

‘मूलभूत रूपमा आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउनुपर्छ र कुन पक्षलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्ने विषयमा गम्भीर छलफल र तयारी भएको छ । अहिलेको स्थिति र व्यावहारिक पक्षलाई मनन गर्दै राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा माथि गएर बजेट ल्याउन हुँदैन भन्ने नै छ । आगामी आर्थिक वर्षको बजेट १७ खर्ब हाराहारीकै आउँछ,’ स्रोतले रातोपाटीसँग भन्यो ।

बजेटले पुँजीगत (विकास खर्च) लाई विशेष प्राथमिकता राख्दै चालु खर्च कसरी कम गर्न सकिन्छ भनेर व्यापक खर्च कटौती तथा मितव्ययिता अपनाइएको स्रोतले बतायो ।

खर्च व्यहोर्ने स्रोत ऋणमा निर्भर

राजस्वको स्रोत खुम्चिएको अवस्थामा बजेट खर्च व्यवस्थापनका स्रोतको रूपमा वैदेशिक सहायता र ऋणलाई नै पहिलो प्राथमिकतामा राखेको जनाइएको छ । चालु आर्थिक वर्षको जेठ १४ गतेसम्म लक्षित राजस्वको ५५।८३ प्रतिशत मात्र उठ्न सकेको छ । राजस्वतर्फ १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा आइतबारसम्म जम्मा ७ खर्ब १० अर्ब ७० करोड १६ लाख रुपैयाँ मात्र सङ्कलन हुन सकेको छ ।

यस्तै, गैर–राजस्वतर्फ १ खर्ब ७ अर्ब ७७ करोड १२ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा हालसम्म ७२ अर्ब ७० करोड १५ लाख रुपैयाँ मात्र उठ्न सकेको छ ।

खर्चको स्रोत बेहोर्ने अन्य स्रोतको रूपमा दातृ राष्ट्रहरूसँगको आर्थिक सहयोग ९अनुदान० बाट ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ लिने लक्ष्य रहे पनि सरकारले हालसम्म जम्मा ४८ करोड २ लाख रुपैयाँ मात्र लिन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

हालसम्म लक्षित राजस्वको ५५।८३ प्रतिशत अर्थात् ७ खर्ब १० अर्ब ७० करोड १६ लाख रुपैयाँ उठ्दै गर्दा यता बजेट खर्च १० खर्ब ९८ अर्ब २७ करोड २६ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६१।२२ प्रतिशत भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यद्यपि, हालसम्म विनियोजित बजेटको ६१।२२ प्रतिशत मात्र खर्च गर्न सके पनि लक्षित राजस्व उठ्न नसक्दा सरकारले २ खर्ब ७३ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

यसले गर्दा आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनमा सरकारलाई निकै सकस परेको हो । तर, बजेटको स्रोत व्यवस्थापनका लागि बढी ऋणमा निर्भर हुन नहुने अर्थविद् डा।चन्द्रमणि अधिकारी बताउँछन् ।

‘अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटको भन्दा पनि ठूलो भइसकेको छ । साढे २१ खर्ब हाराहारीको सार्वजनिक ऋण अब कसरी धान्न सकिन्छ रु’ अर्थविद् अधिकारीले भने, ‘वार्षिक बजेटको एक चौथाई बजेट सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमै छुट्याउनुपर्ने स्थिति बनेपछि यसले मुलुक बन्दैन । सरकार नियमित खर्च कटौती र पुँजीगत खर्चमा फोकस हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com