ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै


एबीसी न्यूज

काठमाडौं, १४ जेठ । संघीय संसदले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गरेको छ । आइतबार बसेको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । यसअघि २०७५ सालमा बनेको संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने बाध्यता थियो ।

अन्यथा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था उक्त नियमावलीमा थियो । विगतमा यो ४५ दिनको हदम्यादको दुरुपयोग भएको भन्दै यसपटक नियमावली बनाउने बेलामा प्रश्न समेत उठेको थियो । तर उक्त प्रश्नको निरुपण नगरी पुरानै व्यवस्था कायम राखेर नियमावली पारित गरिएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गरी दुई पटकमा संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटनका कारण संसदीय सुनुवाइ समिति नरहेको अवस्थामा ४५ दिनसम्म सुनुवाइ हुन नसकेको कारण देखाएर सोझै शपथ गराइएको थियो ।

संसदीय सुनुवाइ बिनै संवैधानिक नियुक्ति भएको विषयमा परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । ४ मंसिरको चुनावबाट नयाँ प्रतिनिधिसभा गठन भएपछि नयाँ नियमावली बनाउने क्रममा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थ, राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले संसदीय सुनुवाइ बिना संवैधानिक नियुक्ति हुन नसक्ने व्यवस्थाका लागि प्रस्ताव गरेका थिए ।

तर नियमावलीमा भने४५ दिनभित्र संसदीय सुनुवाइ हुन नसके नियुक्ति पाउन सक्ने प्रावधान यथावत राखेरै पारित गरिएको छ ।

पारित नियमावलीको नियम २६ को उपनियम २ मा भनिएको छ, ‘‘प्राप्त नामावालीमाथि समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदको लागि समितिको निर्णयसहित सम्बन्धित निकायमा पठाउनुपर्नेछ । उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेका सुनुवाईका लागि पठाइएको पदमा नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

इरानमा शासन परिवर्तनको सही मार्ग !

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com