ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अवरोध र असहमतिका कारण संसद बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित


ABC NEWS

काठमाडौँ १२ जेठ । प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित भएको छ । बैठक शनिबार ४ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयलाई लिएर माओवादीका सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि संसदीय मर्यादा नाघेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसद्‍ अवरुद्ध पारेका थिए ।

आफ्नो नेता र पार्टीमाथि भ्रष्टाचारको निराधार आरोप लगाएको भन्दै एमालेले बैठक कार्यसूचीमा प्रवेश गर्न दिएन । त्यसपछि सभामुखले ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । उक्त अवधिपछि पनि बैठक संचालन हुन नसकेपछि साँझ ६ बजेका लागि बैठक सारिएको थियो । सांझ ६बजेसम्म पनि एमाले सर्वदलीय सहमतिमा नआएपछि बैडक शनिबा अपरान्हसम्मका लागि ससरेको हो ।
ओलीले पार्टीको एक कार्यक्रम भने, ‘एक जना माओवादी सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा २ अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो रु पशुपतिमा सुनको जलहरी चलाउँछु भनेर पित्तलको जलहरी चलाएर भ्रष्टाचार गर्यो भनेर बोले ।’

त्यो भनाइ अनुत्तरदायी मात्र होइन, गैर जिम्मेवारको हद भएको उनले बताए । ‘रकम दिएपछि सुन कि पित्तल ट्वाक ट्वाक पार्न गएको थिएँ म रु’ उनले भने, ‘यस्ता यस्ता मान्छेहरु संसदमा पुगेका छन् कि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने १’

यसलाई लिएर संसद अवरुद्ध भएको भन्दै उनले भने, ‘हुनैपर्छ संसद अवरुद्ध किनभने यस्तो वकवास ‘ एउटा जँड्याहाले जाँड खाएको तालमा पनि यस्तो बोलेर हिंड्दैन ।’

संसद जस्तो गरिमामय ठाउँमा आधारहीन, जनतामा भ्रम पार्ने कुरा गरिएको उनले बताए । उनले भने, ‘कि त पुष्टि हुनुपर्‍यो, पुष्टि हुने त सम्भावनै छैन, नेकपा एमाले, त्यसमा पनि मैले जसले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको छु, त्यही मान्छेविरुद्ध, यो त इमानका शत्रुहरुले गर्ने काम हो ।’

कोही पनि इमानदार छैन भनेर देशप्रतिकै वितृष्णा जगाउनु देशद्रोही काम भएको उनले बताए ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com