ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ पशुपतिनाथ मन्दिरको सुनको जलहरी काण्ड’ले अवरुद्ध संसद बैठक अझै बस्न सकेन


ABC NEWS

काठमाडौँ १२ जेठ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफलमा भाग लिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको थियो । तर संसद वैठक शुरु हुनासाथा ३ दिन पहिले माओवादी सांसद लेखनाथ दाहाल ओली प्रधानमन्त्री भएका बेला पशुपतिको जलहरीमा समेत भ्रष्टाचार भएको भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने माग गर्दे वेल घेराउ गरेपछि बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । सहमति जुटाउन सर्वदलीय बैठक भएपनि सहमति जुट्न नसेका कारण २० मिनेटका लागि स्थगित बैठक ४ घण्टा बढी समय हुंदा पनि बस्न सकेको छैन ।

सरकारको नीति तथा कार्यक्रममाथि गत जेठ ७ गतेदेखि संसदमा सांसदहरूले उठाएका प्रश्नका उत्तर दिने तयारीमा प्रधानमन्त्री रहेका थिए ।

बिहान ११ बजे बस्ने भनिएको बैठक कार्य व्यवस्था परामर्श समितिको बैठक लम्बिँदा १२ बजेपछि मात्र सुरु भएको थियो ।

प्रतिनिधि सभा बैठकको सुरुमै सम्पूर्ण एमाले सांसदहरू आफ्नो आसनबाट उठेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएपछि उनले १ दिन अघिको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री छँदा केपी ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेको भनेर लगाएको आरोप तथ्यहीन र आधारहीन रहेको बताए । उनले त्यसबारेमा सरकारको जवाफ मात्रै मागेनन्, दाहालको सो अभिव्यक्ति संसद्को रेकर्डबाट पनि हटाउन माग गरे । संसद्को रेकर्डबाट नहटाएसम्म र सरकारले जवाफ नदिएसम्म संसद् बैठक अघि बढाउन नदिने उनले बताए ।

उनीपछि बोलेका एमाले सांसद एवं पूर्व सभामुख सुवास नेम्वाङले केपी ओलीमाथि सांसद दाहालको टिप्पणी गैरजिम्मेवार रहेको र पशुपतिको जलहरी पित्तलको भन्ने गम्भीर आरोप बोकेर संसदमा भाग लिन नसक्ने बताए । उनले सो अभिव्यक्ति सच्याउन माग गरे ।

सभामुखले बैठक सञ्चालनका लागि आग्रह गर्दागर्दै एमाले सांसदहरूले सभामुखको अगाडि पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । त्यसपछि सभामुखले २० मिनेटका लागि बैठक रोके ।

जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको वैदेशिक ऋण ७ खरबबाट १७ खरब कसरी पुग्यो भन्दै प्रश्न गरेका थिए भने पशुपतिनाथको मन्दिरमा सुन भन्दै पित्तलको जलहरी लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

सो आरोपबाट आक्रोशित बनेको एमालेले बैठक अवरुद्ध गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा पशुपति नाथको मन्दिरको गर्भ गृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गर्दै त्यसको कार्यान्वयन समेत गरेका थिए ।

पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला उनले सुनको जलहरी राख्न सरकारले ३० करोड दिने घोषणा गरेका थिए ।

२०७७ फागुन १२ गते राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको शिवलिङ्गमा ९६ किलोको सुनको जलहरी राखिएको थियो ।

त्यसअघि रहेको चाँदीको जलहरीलाई विस्थापित गर्दै सुनको जलहरी राख्ने विषयमा त्यो बेला निकै विवाद समेत भएको थियो । जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शन विपरीत भएको तर्कसहित विभिन्न पक्षहरूबाट विरोध पनि भएको थियो । पूर्व वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिव लिङ्गमुनि सुनको जलहरी राख्ने काम प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको भन्दै सर्वोच्चमा मुद्दा समेत दायर गरेका थिए । जलहरी राखिसकेपछि सर्वोच्चले तत्काल जलहरी नराख्न भन्दै अन्तरिम आदेश समेत दिएको थियो ।

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको थियो । सो ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो भने ओली प्रधानमन्त्री भएका बेला झन्डै १ अर्ब रुपैयाँमा १०८ किलो सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको थियो । ९६ किलोको जलहरी राखे पनि त्यसमा १२ किलो सुन थप्न बाँकी राखिएको थियो ।

१०८ किलो सुनको जलहरी राख्न ८० करोड रुपैयाँ खर्च लागेको कोषले बताए पनि महालेखाको प्रतिवेदनले भने करोडौँ रुपैयाँको सुन हराएको आशंका गरेको थियो ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसद दाहाले अघिल्लो बैठकमा यसबारे कुरा उठाएका थिए । उनले ओली प्रधानमन्त्री भएका बेला सुनको भन्दै पित्तलको जलहरी राखेको आरोप लगाएपछि क्रुद्ध भएको एमालेले बैठक अवरुद्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानले युद्धविराम उल्लङ्घन गरेको इजरायलको आरोप, तेहरानमा शक्तिशाली आक्रमण गर्न रक्षामन्त्रीको आदेश

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

सम्बन्धित

बजेटमा खर्च कटौतीको प्रस्तावको अभ्यास माथि प्रधानमन्त्रीले उठाए प्रश्न

वृद्धभत्ता उमेरहद सत्तारुढ दलबीचकै सहमतिमा बढाइएको हो – अर्थमन्त्री

अपवादबाहेक तीन करोडको सीमा पालना भएको छ – अर्थमन्त्री

दृष्टिका प्रकाशक शम्भु श्रेष्ठलाई तीन दिनभित्र उपस्थित गराउन विशेषको आदेश

इरानले युद्धविराम उल्लङ्घन गरेको इजरायलको आरोप, तेहरानमा शक्तिशाली आक्रमण गर्न रक्षामन्त्रीको आदेश

जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारकाे तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com