काठमाडौं, १२ जेठ । प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकोमा एमाले सांसदहरूले त्यसभन्दा अगाडि भ्रष्टाचारको निराधार आरोप लगाइएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक अवरुद्ध भएपनि सभामुख देवराज घिमिरले २० मिनेटको लागि वैठक स्थगित गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्