ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण जालो भत्काउन सक्ला प्रहरी ? भिडियो


एबीसी न्यूज

नक्कली शरणार्थी बनाउने गिरोहमाथि प्रहरीले एक वर्षयता निगरानी गरिरहेको थियो । गत वर्ष जेठ अन्तिम साता गिरोहका केही सदस्य प्रहरी निसानामा पनि परे । त्यसबेला औपचारिक अनुसन्धान नगरी प्रहरीले निगरानी र प्रमाण संकलनमा मात्रै आफूलाई सीमित गरेको थियो । पछिल्लो पटक गत चैत १२ मा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेपछि थप अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन । त्यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उच्च पदस्थ अधिकारीहरू नै पक्राउ परे । गिरोहका नाइके र सहयोगी पनि प्रहरीको पकडमा परे । उनीहरूकै बयान र प्राप्त प्रमाणका आधारमा उक्त प्रकरणमा राजनीतिक दलहरू र कर्मचारीतन्त्रका उच्चपदस्थहरू समेत भागीदार रहेको वास्तविकता बिस्तारै बाहिरिँदै छ । उच्च पदस्थहरूकै संलग्नता खुलेका आधारमा नेपालको अहिलेसम्मकै ठूलो संगठित अपराध मानिएको नक्कली शरणार्थी प्रकरणमा दलका नेता, सरकारी कर्मचारी, शरणार्थी नेता र बिचौलिया पक्राउ पर्ने क्रम जारी छ । हिरासतमा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले प्रहरी बयानमा आफ्नो संलग्नता स्विकारिसकेका छन् ।

यद्यपि उनीहरू आफूभन्दा उपल्लो तहकालाई बढी दोषी औंल्याएर आफ्नो संलग्नता कमजोर देखाउने प्रयत्नमा छन् । तत्कालीन गृहसचिव पाण्डेले त आफूले पूर्व गृहमन्त्री बालकृष्ण खाणको निर्देशन पालना मात्रै गरेको खुलाएका थिए । पाण्डेको बयान र उनकै मोबाइलमा फेला परेको अभिलेखले खाणलाई पनि हिरासतमा पु¥याएको छ । यो प्रकरणमा नाम जोडिएसँगै फरार भएका पूर्व उपप्रधानमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी वैशाख ३१ गते साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परे । यसबाहेक नक्कली शरणार्थी प्रकरणमा पीडितले प्रहरी कार्यालयमा दिएको उजुरी र प्रहरीले गरेको अनुसन्धान फाइल नै घरमा थन्क्याएको आरोप आईजीपी कुँवरमाथि लागेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका कुँवरले ठगी प्रकरणमा पहिलोपटक उजुरी आउँदा अनुसन्धान अगाडि नबढाइ उजुरीसँग सम्बन्धित फाइल नै आफ्नो घर लगेर थन्क्याएको पाइएको छ । त्यस्तै, अर्का आरोपित केशवप्रसाद दुलालले आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै गएर १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् । दुलालले आफ्नो बयानमा केपी ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा १÷१ करोड रुपैयाँ दिएको पनि बयान दिएका छन् । प्रहरीले लिएको बयानका क्रममा सुरुमा इन्कारी बयान दिएका केशवप्रसाद दुलालले थप बयानका क्रममा रकम दिएको बताएका हुन् । बयानमा उच्च पदस्थहरुकै नाम मुछिइरहँदा प्रहरीले उनिहरुलाई अनुसन्धानको दायरा नल्याउदा अनुसन्धानको थप प्रभाककारीतमा माथि शंका गर्ने ठाउ बनेको छ । सो विषयले बधुबार संसदमासमेत प्रवेश पाएको छ । यस्तैमा, नेपाली काँग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न नेता र नाता नहेरी छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेका छन । नक्कली शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा चलिरहेको हु“दा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने र न्यायालयले न्याय गरेको अनुभूति गराउनुपर्ने बताए ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ । रास्वपा सभापति रवि लामिछानेले यो प्रकरण निष्पक्ष अनुसन्धान र अभियोजनमा आशंका उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताए । उनले प्रकरणमा जोडिएका व्यक्तिहरुलाई सोधपुछसमेत नहुनुले गम्भीर आशंका उत्पन्न भएको उल्लेख गरे ।

यता, राप्रपा सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गम्भीररुपमा छानबिन हुन नसकेको भन्दै आफ्नो दलले रचनात्मक ढङ्गले संसद् र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउनुपर्ने बाध्यता रहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरीले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । ३० जनालाई प्रतिवादी बनाएर तयार बनाइएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधवार अदालतमा अभियोजन दर्ता गरेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले अभियोजनको काम गरिरहेको छ । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका थिए । १४ जना भने अझै फरार छन् । प्रहरीले ठगी, राज्यविरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय पेस गरेको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ । सडकदेखि सदनसम्म नक्कली भुटानी शरणार्थीको विषयले सबैको ध्यान केन्द्रित गरेको छ । यो विषयमा राजनीतिक दलहरूको अडान के हुने हो, प्रहरीले कसरी अनुसन्धान बढाउने हो, प्रमाणहरू कुन रूपमा प्रस्तुत हुने हुन् र मुद्दा केकति आधारमा र कुन शीर्षक अन्तर्गत चल्ने हुन्, कस्तो सजाय हुने हो भन्ने विषय आम नागरिकमा सानो चासो छैन । यो घटना विगतमा जस्तै केही दिनमा सेलाएर जाने वा अपराधीहरूलाई सहायक मुद्दाहरू चलाएर उन्मुक्ति दिइने त होइन भन्ने आशंकाहरू प्रशस्त छन । यसलाई सामसुम हुन नदिन नागरिकको तहबाट निरन्तर खबरदारी र निगरानीलाई जारी राख्न आवश्यक छ । नक्कली शरणार्थी प्रकरण भ्रष्टाचार मात्र हैन, मानव तस्करी, बेचबिखनसँगै राज्यविरुद्धको संगठित अपराध हो । यसमा संलग्न व्यक्तिहरूलाई त्यही अनुरूप हदैसम्मको कारबाही हुनुपर्छ । सुरक्षा निकाय र सरकारको हालको प्रयासले विधिको शाासनप्रति केही आशा जगाएको छ । सरकारको कामप्रति आम नागरिक आशावादी बन्दै गरेको यो समयमा उनीहरूको साथ–सहयोग लिएर संगठित अपराधको जालो भत्काउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com