काठमाडौं १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा आफूले सर्वोच्च अदालतमा पेश गरिसकेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद अजय चौरसियाले आफ्नो नागरिकता प्रकरणबारे कुरा उठाएपछि नियमापत्ति जनाउँदै उनले यस्तो बताएका हुन्।
रविले कांग्रेस सांसद चौरसियाले अदालतमा विचाराधीन र चलिरहेको विषयलाई संसदमा उठाएर गलत गरेको पनि बताएका छन्।
‘अमेरिकी नागरिकता त्यागेको मेरो निस्सा कहाँ खोजिएको हो उनले भने, ‘हल्लाका भरमा लेखिएको समाचारको शीर्षकलाई लिएर संसदमा उठाउनु भएकोमा आपत्ति छ।’
उनले रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले पैसा दिएको भन्दै आएको समाचारको कुरा संसदको रोस्ट्रममा बसेर उठाउनु आपत्तिजनक रहेको बताए।
‘ प्रमाण छ भने प्रस्तुत गर्नु होला’,तर संसदमा यस्तो कुरा गर्ने होइन। उनले भने, हामी संसदको पाँच किलोमिटर वरपर देखिँदैनौँ। मैले अमेरिकी नागरिकता त्यागेको निस्सासहितको आवश्यक कागजात अदालतमा पेश गरिसकेको छु।’








प्रतिक्रिया दिनुहोस्