ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणमा ‘करकापमा पारेर आफ्ना नेताहरुलाई पोल्न लगाएको’ ओलीको गम्भीर आरोप


एबीसी न्यूज

 

काठमाडौँ ९ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा कारकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘नेपालमा छानबिन कसरी हुन्छ’भन्ने थाहा भएको बताएका छन् ।

‘एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोज्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन,’ ओलीले भने, ‘आरोप लगाइदिएपछि पुग्यो । हामीले छानबिन देखेका छौं रु थुप्रै कुरा भोगेर आएका छौं । त्यसै कारण परिवर्तन गर्न लागेका छौं ।’

कार्यक्रममा एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी गरे । ‘नक्कली भुटानी शरणार्थी बनाउने विषयमा एकमुष्ट रूपमा भन्न चाहान्छु एमाले संलग्न थिएन, छैन र हुने छैन । भ्रष्टाचारको विषयमा एमाले संलग्न हुँदैन । यदि कसैले एमालेभित्र रहेर यसको आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर हुन्छ र अघि बढ्छ । हामीलाई भ्रष्टाचार प्यारो हुन सक्दैन,’ ओलीले भने ‘भ्रष्टाचार देश, जनता, विकास, समाज र नैतिकता समाप्त पार्ने कुरा हो । भ्रष्टाचारले श्वास फेरे पनि मृत भइसकेको हुन्छ । आत्मा मरेको हुन्छ आत्मा मरेका बेइमानहरूको पार्टी होइन । त्यसकारण कुनै पनि कहीँ कतै दोषी हुन्छ साथ सहयोग दिन मात्रै होइन आफैं अग्रसर भएर पनि कारबाही गर्छ ।’

ओलीले देश राजनीतिक अफ्ठ्यारो अवस्थामा रहेको बताए । सामाजिक र आर्थिक रूपमा संकटमा रहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे । ‘सरकार चलाउने खर्च  छैन । बजेट कसरी ल्याउने रहेछ ? सरकार चलाउने सेवा दिने काम हुन्छ । सरकार चलाउने अवस्थामा छैन । कर्मचारीले तनखा नपाउने अवस्था के गर्छ ? भोकै बसेर काम गर्छ ? यसमा सिंगै देश चनाखो हुनुपपर्ने अवस्थामा छ,’ उनले भने ।

सार्वजनिक संवादमा भाषाको स्तर खस्केको भन्दै ओलीले असन्तुष्टि जनाए । ‘भाषा अन्ततस् अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक स्वीकार भाषा प्रयोग गरेर तब मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्छ । गर्नै नसक्ने भएको छ । त्यस्तो घटिया र नराम्रो भाषा प्रयोग गरेर तल्लोस्तरको भाषा प्रयोग गरेर मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्ने अब अश्लील बोलिन्छ वा कसैको अपमान गरिन्छ जबको कसैको विरुद्ध मर्यादाहीन ढंगले बोलिन्छ वा समाजिक मूल्य र मान्यताविरुद्ध गएर बोलिन्छ,’ ओलीले भने ‘हाम्रो सामाजिक प्रचलनहरु, भाषिक गहनताहरूलाई, महानतालाई क्षत विक्षत गर्ने तहमा बोलिन्छ । समाजले मूल्य मान्यता र संस्कृतिलाई कमजोर पार्दैछ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com