काठमाडौं, १८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणका लागि आज अपरान्ह काठमाडौं आइपुगेका छन् ।
भारतीय विशेष विमानबाट काठमाडौं आएका विदेशमन्त्री स्वराजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गर्नुभएकहो छ ।
स्वराजले पहिलो भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ । साँझ ६ः३० बजे ओली र स्वराज भेटवर्ता हुनेछ । होटल सोल्टीमा एमालेले स्वराजको सम्मानमा रात्रीभोजको आयोजना गरेको हो ।
स्वराजले राजपा नेताहरुलाई आजै भेट्ने छन् भने राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्