ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन भन्दै ओली कड्के


एबीसी न्यूज

 

काठमाडौँ ७ जेठ । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको भौगोलिक सीमा सुरक्षाको विषयमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ओलीले भारतले मिचेका नेपाली भूमि फिर्ता गराउनेबारे सरकारको धारणा माग गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा भारतले मिचेका भूमिबारे नबोलेको ओलीको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय राख्नुपर्ने पनि ओलीको सुझाव थियो । ‘यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन रु यो सरकारलाई थाहा भएको पनि देखिँदैन,’ उनले भने, ‘प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिँदैन ।’

नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा ‘मुलुकको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्दै सीमासम्बन्धी सबै समस्यालाई कूटनीतिक पहलद्वारा समाधान गरिनेछु भन्ने उल्लेख छ । यसमा भारतले मिचेका भूमि स्पष्ट रूपमा उल्लेख नगरिएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेपाली भूमिमा भारतले संरचना बनाइरहेको कुराबारे पनि ओलीले सरकारलाई प्रश्न गरेका छन् । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अहिलेको अवस्था के छ रु त्यहाँ सीमा सुरक्षितै छ र ‘ उनले भने, ‘नीति कार्यक्रममा सरकारले केही बोल्दैन । कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेका समाचार सञ्चारमाध्यममा आएका छन् । हो कि होइन यथार्थ के हो रु संसद्मार्फत सम्पूर्ण नेपालीलाई यी राष्ट्रिय महत्त्वका सर्वाधिक चासो र प्राथमिकताका विषयमा जानकारी गराउनुपर्छ कि पर्दैन रु हाम्रो भूमिका संरचना बनिराख्या छ कि छैन र ”

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपालको धारणा स्पष्टसँग राख्नुपर्ने बताए । भारतसँग नेपालका विषय तथ्यका आधारमा राखेमा समस्या समाधान गर्न सहज हुने उनको सुझाव थियो । ुसम्माननीय प्रधानमन्त्रीज्यू केही दिनमा नै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । यस हिसाबले अलिक गम्भीर समस्या यसमा देख्छु । एउटा कुरा हामीले के बुझ्नुपर्‍यो परराष्ट्रको प्रश्नमा भने भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो । भारत छिमेकी हो र मित्रराष्ट्र हो । मित्रसँग आफूलाई परेको मर्का, आफ्ना कुराहरू खुलस्त गर्न किन नसक्ने रु खुलस्त कुरा नगरीकन समस्या कसरी समाधान हुन्छ र ‘ उनले भने, ‘खुलस्त कुरा गर्नुपर्‍यो र समस्या समाधान गर्नुपर्‍यो । चिसोपन राख्नु भएन । कायर मन पनि राख्नुभएन । भन्न नसक्ने, चिसो लिइराख्ने । आफ्ना इस्यु राख्न नसक्ने, बोल्न नसक्ने । मित्रसँग मित्रतापूर्ण ढंगले खुला कुरा गर्नुपर्‍यो ।’

ओलीले वर्तमान सरकारले छिमेकी मुलुक र विश्व समुदायलाई कूटनीतिक अपरिपक्वताको परिचय दिएको आरोप पनि लगाएका छन् । उनले नीति तथा कार्यक्रम फिर्ता लिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

उपस्थित हुन भन्दै दिलभूषण पाठकका नाममा साइबर ब्यूरोले जारी गर्‍यो सूचना

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब हिरासतमै रहने

धरानमा दिनभर तनाव : प्रमुख-उपप्रमुखबीच चर्काचर्की, समर्थक झडपमा

यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com