ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्को वर्षदेखि एसइई परीक्षा प्रदेशस्तरबाट


admin
माघ १८, २०७४ बिहीबार  ४ : १६ बजे

काठमाडौँ, १८ माघ। सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ ।

विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने छ ।

“हामी अहिले सात वटै प्रदेशबाट एसइई परीक्षा सञ्चालनको तयारी गर्छौं”, उहाँले भन्नुभयो, “चाँडै नै निर्णय गरेर सञ्चालनको व्यवस्था गर्छांै ।” उहाँका अनुसार एउटै मितिमा सञ्चालन भए पनि सात वटै प्रदेशमा सञ्चालन हुने एसइईका प्रश्नपत्र फरक रहने छन् । परीक्षाफल भनेसँगै प्रकाशन गरिनेछ ।

मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८ को नवाँै संशोधनमा पनि प्रदेशस्तरमा एसइई सञ्चालन भएअनुसार प्रदेशबाट सञ्चालनको तयारी थालिएको मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले बताउनुभयो ।

प्रदेशबाट एसइई सञ्चालनका लागि ६ नं प्रदेशबाहेक सबै प्रदेशमा परीक्षा बोर्डका कार्यालय रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा लम्सालले राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय खोल्न तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com