काठमाडौं ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन्।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आइतबारको बैठकको प्रारम्भमा नै आफूले नीति तथा कार्यक्रममाथि धारणा राख्ने बताएका थिए।
सरकारले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजबाटट छलफल सुरु हुँदै छ।
एमालेले नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने
‘हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु,’ ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा भनेका थिए।
एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने निश्कर्ष निकालेको थियो।
सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान अध्यक्ष एव् संसदीय दलका नेता ओलीले बैठकमा राखेका थिए।
प्रतिक्रिया दिनुहोस्