काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको आर्थिक परिसूचकहरू सकारात्मकउन्मुख बनेको बताएका छन्।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आर्थिक परिसूचकहरू सकारात्मक बन्दै गएको र अर्थतन्त्र स्वभाविक लयमा फर्किएको बताएका छन्।
राजस्व बढ्न थालेको, विप्रेषण बढेको, विदेशी मुद्राको सञ्चिती बढेको उनले बताए। सरकारले राजस्व चुहावटमा कडाइ गरेको, विप्रेषण बढाउन स्पषट नीति लिएको, वैदेशिक रोजगारीमा गएका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी बनाउन केन्द्रित भएको उनले बताए। सरकारले आफ्नो काम कारबाहीको नियमित रिपोर्टकार्ड दिन थालेको र छोटो सयमा सुशासन कायम गर्न केन्द्रित भएको उनल बताए।








प्रतिक्रिया दिनुहोस्