ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरान र रूसबीच अन्तर्राष्ट्रिय यातायात मार्ग निर्माण गर्ने सम्झौता


एबीसी / संवाददाता
जेष्ठ ४, २०८० बिहीबार  ९ : ०३ बजे

एजेन्सी, ४ जेठ । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् ।

उत्तरी इरानी शहर राष्ट्र र अस्ताराबीच १६२ किलोमिटर लामो रेलमार्ग अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात मार्गको एक भागको रूपमा निर्माण गरिने इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।

इरानका राष्ट्रपति इब्राहिम राइसी र रूसी समकक्षी भ्लादिमिर पुटिन भिडियो कन्फरेन्समार्फत सम्झौता हस्ताक्षर समारोहमा सहभागी भएका थिए ।

सम्झौताअनुसार रूसले रणनीतिक रेलमार्ग निर्माणमा एक अर्ब ६० करोड युरो (एक अर्ब ७३ करोड अमेरिकी डलर) लगानी गर्नेछ जुन चार वर्षमा पूरा हुने अपेक्षा गरिएको छ ।

समारोहका क्रममा रायसीले इरानले युरेशियन इकोनोमिक युनियन (इएइयू) का सदस्य राष्ट्रहरूसँग सहयोग विस्तार गर्ने योजना बनाएको बताउँदै द्विपक्षीय व्यापार शुल्कको उन्मूलन इरान, रूस र ईएईयू सदस्यहरूबीच सहयोग बढाउने दिशामा एक ठुलो कदम हुन सक्ने उल्लेख गरे ।

इरान र क्षेत्रीय अरब देशहरूमा खाद्य सुरक्षा सुनिश्चित गर्न आईएनएसटीसीलाई ‘मूर्त’ हिस्साको रूपमा वर्णन गर्दै पुटिनले करिडोरको पूर्णताले क्यास्पियन सागरको तटीय राज्यहरू र क्षेत्रीय अरब देशहरूबीच खाद्य र अन्य उत्पादनहरूको अधिक आदान–प्रदान हुन विश्वास व्यक्त गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धको अधिनमा रहेका इरान र रूसले हालै अमेरिकी कदमको सामना गर्न द्विपक्षीय राजनीतिक र आर्थिक सम्बन्ध पनि विस्तार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

चीनले एउटा स्वर्ण अवसर खेर फाल्दैछ

बधाईपत्रसमेत हस्तान्तरण नभएपछि काठमाडौंप्रति वासिङ्टनको असन्तुष्टि

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com