ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा प्रश्नोत्तर : प्रधानमन्त्रीलाई सांसदले के–के सोध्दैछन् प्रश्न ?


एबीसी / संवाददाता

काठमाडौँ, ४ जेठ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७८/७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

हालसम्म २० जना सांसदले आफ्नो प्रश्नबारे सभामुख देवराज घिमिरेलाई लिखित जानकारी गराएका छन् । तर, तीमध्ये १५ जना सांसदले मात्रै प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

‘प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्रजना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् । एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ’, प्रतिनिधिसभा नियमावलीको नियम ५६ (५) मा उल्लेख छ ।

१५ जना प्रश्नकर्तामध्ये नेपाली कांग्रेस र नेकपा एमालेका तीन–तीन जना, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका एक–एक सांसदले प्रश्न सोध्न पाउनेछन् ।

प्रश्नकर्ता सांसदहरुका अनुसार पाँच जनाको प्रश्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको प्रकरणसँग सम्बन्धित छन् । ‘नक्कली शरणार्थीको विषय कसरी टुंगो लाग्छ ?’ एक सांसदको प्रश्न छ ।

एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा प्रश्न सोध्नेछन् । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दाको विषयमा सरकारको धारणा माग गर्ने तयारी गरेको छ । नाउपाका संस्थापक समेत रहेका रेशम चौधरीलाई मंगलबार मात्रै टीकापुर घटनामा दोषी ठहर भई भएको जन्मकैदको हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।

कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले नेपाल भारत सीमा समस्या र लिपुलेक, कालापानीको विषयमा प्रधानमन्त्रीलाई प्रश्न गर्दैछन् । नेपालले लिम्पियाधुरा समेतलाई समेटेर नेपालको प्रशासनिक नक्सा जारी गरे पनि नेपालको नक्सामा समेटिएको उक्त भूमिमा भारतीय सेनाको क्याम्प छ ।

जनमत पार्टीले नागरिकताको विषय उठाउँदैछ । ‘नेपालमै जन्मिएका तर संविधान अनुसार संघीय कानुन नबन्दा नागरिकता नपाएकाहरुको समस्या समाधान कहिले हुने हो ?’ उसको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com