ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मुम्बइमाथि लखनउकाे राेमाञ्चक जित


एबीसी / संवाददाता
जेष्ठ ३, २०८० बुधबार  ७ : ३९ बजे

काठमाडौँ, ३ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले १७२ रन मात्र बनाउन सक्यो ।

लखनउको जितमा मार्कुस स्टोइनिसले सानदार ब्याटिङ गर्दा अन्तिम ओभरमा मोहसिन खानले उत्कृष्ट बलिङ गरे ।

मुम्मबइलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो र टिम ढेविड र क्यामरुन ग्रीन जस्ता ब्याटर क्रिजमा थिए । तर लखनउका मोहनसिन खानले अन्तिम ओभरमा कुनै जम्मा ५ रन मात्र दिए । मुम्बइका खेलाडीले अन्तिम ओभरमा कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

म्मुबइका लागि ओपनर इशन किसनले ३९ बलमा सर्वाधिक ५९ रन बनाएका थिए । कप्तान रोहित शर्माले ३७ रन जोड्दा टिम डेविडले अविजित ३२ रन बनाए ।

लखनउका यश ठाकुर र रवी बिश्नोइले २र२ तथा मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले स्टोइनिसको आक्रमक ब्याटिङमा तीन विकेट गुमाएर १७७ रन बनाएको थियो । स्टोनइसले ४७ बल खेल्दै अविजित ८९ रन बनाए । उनले ४ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै, रिटायर्ट हर्ट हुनुअघि कप्तान क्रुनल पाण्ड्याले ४२ बलमा ४९ रन बनाए । स्टोइनिस र क्रुनल मिलेर चौथो विकेटका लागि ८२ रनको साझेदारी गरे । क्वेन्टन डे ककले १६ रन बनाए । मुम्बइका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिए ।

जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बइलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नाइको पनि समान १५ अंक भएपनि नेट रनरेटमा लखनउ पछि छ । मुम्बई १५ खेलबाट १४ अंकसहित चौथो स्थानमा झरेको छ ।

मुम्बईलाई पलेअफ पुग्न अब अन्तिम खेल जित्नुपर्ने अवस्था छ ।

मुम्बईले अब सनराइजर्स हैदरवादसँग खेल्न बाँकी छ भने लअनउले लिगको अन्तिम खेल कोलकता नाइट राइडर्ससँग खेल्नेछ ।

अहिलेसम्म साविक विजेता गुजरात टाइटन्स प्लेअफ पुगिसकेको छ भने हैदरावाद र दिल्ली क्यापिटल्स लिगबाटै बाहिरिसकेका छन् । बाँकी ७ टिम प्लेअफको बाँकी तीन स्थानमा रहने होडमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com