ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिल कार्यालयले लियो खाणसँग ‘ननस्टप’ १० घन्टा बयान


एबीसी / संवाददाता

काठमाडौँ, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ ।

मंगलबार सरकारी वकिल कार्यालय काठमाडौँमा सरकारी वकिलको रोहबरमा प्रहरीले उनको बयान लिएको हो । उनको बयान राति साढे ९ बजे सकिएको कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बयान मंगलबार बिहान साढे ११ बजेदेखि सुरू भएको थियो । त्यस बेलादेखि सुरू भएको बयान नरोकी बेलुकी साढे ९ बजेसम्म भएको उनले बताए ।

खाणको बयान प्रहरीले सोमबार नै सुरू गरेको थियो । तर, अस्वस्थ भएको भन्दै डेढ घन्टा मात्रै बयान भएको थियो । उनको बयान नभए पनि यस प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीको बयान प्रहरीले सोमबार लिएको थियो ।

प्रहरीले रायमाझीको बयान साढे ५ घन्टा लिएको थियो ।

प्रहरीले यस प्रकरणमा १४ जनालाई पक्राउ गरेको छ । अब सोमबार राति पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पाको बयान लिन बाँकी छ । उनको बयान बुधबार लिने तयारी छ ।

प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसूरमा गरिरहेको छ । चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान ६० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने प्रावधान छ । अबको एक हप्तामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्नेछ ।

भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट लिएको रकममध्ये एक करोड रूपैयाँ फिर्ता गरिदिएको तथ्य प्रहरीले फेला पारेको छ ।

उक्त रकम पूर्वगृहमन्त्री खाणले आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत् फर्काएको गृहको उच्च स्रोतले सेतोपाटीलाई बताएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले भटाभट यसमा जोडिएका राजनीतिक र प्रशासनिक मानिसहरूको नाम लिन थालेका थिए ।

भण्डारी, दुलाल र गुरूङ पक्राउ परेपछि उनीहरूको बयान भएको थियो। बयानका क्रममा सानु भण्डारीले गृहमन्त्री खाण लगायत उच्च राजनीतिक एवं कर्मचारीहरूको नाम लिएका थिए। उनीहरूले नाम लिएका ८ जनालाई प्रहरीले समात्यो । खाणको नाम भने गिरोहका सदस्यको बयानबाट हटाइयो ।

त्यसलगत्तै खाणले गिरोहका सदस्यबाट आफूले लिएको रकम फिर्ता गर्ने र भविष्यमा उनीहरूले आफ्नो नाम नलिने चाँजोपाँजो मिलाउन थाले । त्यसको केही दिनमा उनले पिए केसी मार्फत एक करोड रूपैयाँ फिर्ता गरेका थिए ।

गृहको उच्च स्रोतका अनुसार केसीले एक करोड लगेर दिएका व्यक्तिले नै प्रहरी समक्ष आफूले उनीबाट पैसा फिर्ता लिएको बयान दिएका छन् ।

खाणले भने अहिलेसम्म बयानका क्रममा यो विषय स्वीकार गरेको वा नगरेको यकिन छैन । मंगलबार मात्रै प्रहरीले खाणसँग दिनभरि नै बयान लिएको छ ।

पूर्वगृहमन्त्री खाणलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । उनलाई मैजुबहालस्थित निवासबाट जरूरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको थियो । त्यसपछि पक्राउ परेका गृहसचिव टेकनारायण पाण्डेले पनि उनीमार्फत काम गरेको स्वीकार गरेपछि र पाण्डेकै फोनबाट भेटिएका प्रमाण पाएपछि प्रहरी खाणसमक्ष पुगेको थियो ।

खाण भाग्न सक्ने संकेत पाएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीसहितको टोली नै पुगेर उनलाई घरैबाट पक्राउ गरेको हो ।

प्रहरीले यस प्रकरणमा अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेहरूमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी छन् ।

यस प्रकरणमा इन्द्रजितका छोरा निरज र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई प्रहरीले फरार सूचीमा राखेको छ ।

यो प्रकरणमा सबैजसोको बैंक खातामा पीडितले बुझाएका रकमको कारोबारको विवरण भेटिएको छ जुन उनीहरूविरूद्ध बलियो प्रमाण बनेको प्रहरीको दाबी छ ।

प्रहरीले यसमा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ । ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ ।

भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै २०७६ साल जेठमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो। उक्त कार्यदलका अनुसार शरणार्थीहरू कसैलाई अमेरिका लगायत तेस्रो मुलुकमा पुनर्वास गरिने थिएन ।

कार्यदलको उक्त प्रतिवेदन मन्त्रिपरिषदमा पठाइएको थियो । तर, त्यसमा नक्कली शरणार्थीहरूको नाम थपेर अर्को प्रतिवेदन तयार गरेको पाइएको थियो । गिरोहले राजनीतिक अधिकारीहरूसँग मिलेर नक्कली नाम थपिएको प्रतिवेदन देखाएर उनीहरूलाई विदेश लैजाने भन्दै रकम उठाएको पाइएको हो । उनीहरूले एक व्यक्तिबाट ५ देखि ५० लाख रूपैयाँसम्म उठाएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

यसरी पैसा बुझाएको भन्दै एक सय जनाभन्दा बढी प्रहरीको सम्पर्कमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com