ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्प गएको दशक बित्न थाल्यो, अझै हटेन टेको


एबीसी / संवाददाता

ललितपुर, २ जेठ । पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । कलात्मक शैलीमा निर्माण गरिएका पुराना घरहरूको तस्बिर विदेशी पर्यटकहरूले अवलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ ।

मंगलबजार, गाबहाललगायतको क्षेत्र आसपमासमा ऐतिहासिक घरहरूलाई २०७२ को भूकम्पपछि टेको लगाइएको छ । कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ को भूकम्पले क्षति पु¥याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा जबर्जस्ती अड्याइएको छ ।

ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीयवासी ८३ वर्षीय जुलमला चित्रकार भन्छिन्, “बाजेको पालामा निर्माण भएका घरहरू निकै बलिया हुँदारहेछन् । ७२ सालको भूकम्पका कारण धेरै घरहरू ढले पनि परम्परागत घरहरू ढलेनन् । अहिले मेरो घरलाई पनि टेकोकै भरमा अड्याएको छु । दिनप्रतिदिन जीर्ण बन्दै गएको घर कतिखेर ढल्छ पत्तो नहुने भएकाले म अहिले अर्को घरमा बस्छु । यो पुरानो घरमा कोही बस्दैन रित्तो छ ।”

दिनप्रतिदिन परम्परागत संरचनाहरू भत्काएर नयाँ संरचना निर्माण हुँदैछन् भन्दै उनले यस्तो क्रम निरन्तर बढ्दै जाने हो भने नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरहरूलाई कुनै दिन म्युजियममा खोज्नुपर्ने बताइन् । सरकारले परम्परागत घरहरूको संरक्षण र त्यसको उचित व्यवस्थापन गर्न नसकेकामा चित्रकारले दुःखेसो पोखिन् ।

सरकारले भूकम्प पीडितका लागि भनेर केही रकम अनुदान दिने निर्णय गरेको तर सरकारले दिएको थोरै रकमले घर भत्काउनु मात्र समाधान नभएका कारण भूकम्पको अनुदानसमेत नलिएको पाटनका अर्का स्थानीयवासी अरुण बज्राचार्यले बताए ।

बज्राचार्यले भने, “पाटन क्षेत्र आसपासका विभिन्न गल्लीमा धेरै यस्ता घर छन् । ती घर प्रायः टेकोकै भरमा अडिएका छन् । नयाँ घर निर्माण गर्नका लागि आर्थिक अभाव, र अंशबन्डाका लागि झन्झटिलो भएका कारण अहिलेसम्म यी घर टेकोकै भरमा भए पनि अडिएका छन् ।”

दिनप्रतिदिन जीर्ण बनेका कलात्मक घरहरू कतिपयले कोठा भाडामा दिएका छन् भने कतिपयका घर पानी चुहिएर बस्नसमेत नमिल्ने भएका छन् । इतिहास बोकेका सांस्कृतिक सम्पदा र परम्परागत घरहरूलाई कसरी जगेर्ना गर्ने भन्ने विषयमा स्थानीय नेवार समुदायलाई चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com